Tanahun Awaj
Uncategorized

मोइ आमा समुहको भवन शिलान्यास


छिम्लिस्वाँरा÷म्याग्दे गाउँपालीका वडा नं ४ मा कालिका मोइ आमा समुहको भवन शिलान्यास भएको छ । भवनको गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्री नरदेवि पुन तथा म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाबाट संयुक्त रूपमा शिलान्यास भएको
थियो । प्रमुख अतिथि मन्त्री पुनले शिलान्यास मन्तब्य राख्दै भन्नु भयो – ‘जहिलेसम्म हामी आँफु स्वरोजगार बन्न सक्दैनौं त्यो बेलासम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं’ । प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बाट स्थानीय तहले माग गरेअनुसार तालिम दिएता पनि तालिम लिएर अर्थात सीप सिकेर सीप यत्तिकै थन्क्याएर ब्यबहारमा नउतारेको तर्फ संकेत गर्दै मन्त्री पुनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
मातृशिशु मृत्यू दरघटाउने अभियानमा सामाजिक बिकास मन्त्रालय पनि रहेको चर्चा गर्दै म्याग्दे गाउँपालिका एक कदम अगाडि पाउँदा खुशी लागेको मन्त्री पुनले टिप्पणी थियो । अन्य मन्त्रालयको तुलनामा सामाजिक बिकास मन्त्रालयमा बजेट कम भएकोले पनि स्थानीय तहले माग गरेअनुसार उपलब्ध गराउन नसकेको पुनले बताइन् । योग्य , दक्ष र सक्षम नागरिक जहिलेसम्म हामीले उत्पादन गर्न सक्दैनौं त्यो बेलासम्म हामी अगाडि बढ्न सक्दैनौं उनले भनिन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला जिल्लामा हेर्ने कर्मचारी नभएकोले पनि काम गर्न अफ्ट्यारो रहेको उनको भनाइ थियो । नागरिकहरूलाइ मृगौला फेल सम्बन्धि सचेतना दिने , स्कुलहरूमा बिद्यार्थीहरू लाई बालविवाह अन्त्य सम्बन्धि सचेतना दिने , लैंगिक हिंसा अन्त्य गर्ने जस्ता बिषयहरूमा प्रदेश सरकार लागिपरेको मन्त्री पुनले बताइन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले देश बनाउने ठाउँमा अहिले महिला भएको बताइन् । अहिले म्याग्दे गाउँपालीका तिव्र रूपले बिकासको काममा लागेको रानाको भनाइ थियो । म्याग्दे गाउँपालिका पृथ्वीराजमार्ग मै रहेको तर बिकासका काममा पछाडि परिरहेको अबस्थामा आँफुहरूले स्थानीय तह सम्हालेको र अहिले धेरै अगाडि बढेको रानाले बताइन् । बालमृत्युदर र कुपोषण घटाउन गाउँपालिका लागिपरेको रानाको भनाइ थियोे । त्यस्तै अर्का बिशिस्ट अतिथि म्याग्दे गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भुकम्पले भत्काएको खानेपानीका मुहान , बाटोघाटो , पुल लगायतका भौतिक क्षति लाई पुनर्निर्माण गर्न गाउँपालीकाको मात्रै पैसाले नपुग्ने हुँदा संघीय सरकार तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरूवाल , वडाअध्यक्ष प्रेमबहादुर आले , पार्वती राना लगायतले भवन समयमै बनोस भन्ने सुभकामना दिएका थिए । पुनम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कमला थापाले र सञ्चालन कुमारी रानाले गरेकि थिइन् । ११ लाखको लागतमा बन्ने आमा समुहको भवन २०७८ साल असार १५ गते सम्ममा सक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय युवती हरूले कौरा नृत्य प्रस्तुत गरेका थिए ।

Related posts

विर्तामा कोरोना सतर्कता

admin

लक्ष्मीले ५६औं बार्षिकोत्सव मनायो

admin

अभिभावकत्व

admin