28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

वातावरण प्रदूषण

हरिमान श्रेष्ठ

नेपालमा हिमाल, पहाड र तराई तीन किसिम भूभाग भएको देश हो। यी तीनै ठाउँको हावापानी फरक फरक पाइन्छः हिमाली भेगमा चिसो, पहाषी भेगमा न्यानो र तराई भेगमा तातो। यहांका वासिन्दाले यसै वातावरण अनुसारको भेषभुषा पहिरन्छन्। अभिभावकहरुले आफ्ना स्कूले बाबुनानीहरुका लागि मौसम अनुसारको लुगा तयार पारनु छुन्छ। कम आम्दानी हुने अभिभावकहरुले समय अनुसारको लुगा तयारी गरन नसकेको कारणले निमोनिया हुने हुन्थ्यो । निमोनियालाई धेरैजसो अभिभावकले नपालेदेवी लागेको भन्ने विश्वास गरिन्थ्यो। यही निमोनियाको कारणले केही बालबालिकाको मृत्यु सम्म हुन पुग्थ्यो। बालबालिकाहरु दैनिक स्कूलमा उपस्थित हुन सक्दैनथ्यो र अध्ययनमा कमजोर हुन्थे। अहिले सानासाना बालबालिका अध्ययनमा कमजोर हुनुका विभिन्न कारणहरु मध्येका एक कारण वायू प्रदूषण पनि हुन पुगेको छ।
प्रदूषण कसरी हुन्छ? यो कुरा सर्वसाधारण देखि
विद्वान वैज्ञानिकसम्मलाई थाहा भएकै कुरा हो । शहरमा घरबाट निस्केको फोहोर, बनजंगलमा लागेको डढेलो, विकास निर्माणको कार्य, औद्योगिक कल कारखानाबाट उत्पादित विषालु ग्यास तथा रसायन, बनजंगल विनास, सवारी साधन वृद्धि, कृषिमा प्रयोग गरिएका सिफारिस बेगरका रासायनिक मल तथा विषादीयुक्त वायू प्रदूषणका कृयाकलाप हुन् । वायूमण्डलमा धुवाँ, धुलो, विभिन्न प्रकारको हानिकारक ग्यास मिश्रित छ। ग्यास कुहिएका फोहोरमैलाबाट मिथेन ग्यास र धुवाँबाट कार्वनडाइअक्साइड उत्पादन हुन्छ । यो ग्यास पिरो हुन्छ, शरीर आलस्य हुनछ, आँखा पिरो हुन्छ, निन्द्रा पुग्दैन र निन्द्रा लागि रहन्छ । यो वर्षैपिच्छे दोहोरिने हुन्छ । गएको शैक्षिक वर्ष कोभिड(१९ ले गर्दा अनलाईनको भरमा कक्षा चढेका बालबालिका अहिले पनि मौसमको खराबीको कारणले स्वास्थ्यलाई मध्येनजर गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयबाट २०७७ चैत्र १७ देखि २०७७ चैत्र २० सम्म स्कूल बन्द गर्ने सूचना जारी गरेकोमा अभिभावकको चिन्त्ता बढेको छ ।

Related posts

सरसफाइ हाम्रै काम

admin

मोतीको सम्झना सुरक्षित तीज मनाउन आग्रह-सम्पादकीय

admin

जन्म दर्ता नैसर्गिक अधिकार

admin