20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

खुल्ला मैदान जोगाउन हस्ताक्षर अभियान

दमौलीको खुल्ला चौर जोगाउन दमौलीमा हस्ताक्षर अभियान चलाइएको छ । सदर मुकाम दमौलीको गौरवको रुपमा रहेको खुल्ला चौरलाई मासेर स्थायी मञ्च बनाउँदा दमौलीको मुटुमा
रहेको शोभायमान खुल्ला पार्क मासिने भएको छ । करोडौ लगानिमा निर्माण भएको सभा हल ओझेलमा परेको छ । दैवी विपत्तीहरुमा आवश्यक पर्ने खुल्ला चौर मासिन लागेकोप्रति दमौलीवासीमा चिन्ता थपिएको छ । साथै ज्येष्ठ नागरिक जसलाई हिडडुल गर्न सम्म मैदान चाहिन्छ तिनीहरुको विहान र बेलुका हिड्ने ठाउँ पनि मासिन लागेको छ । यी सबै आवाजहरुको प्रतिनिधित्व गर्दै स्कूल अफ डेमोक्रेसी नेपालले मंगलबार हस्ताक्षर अभियान नै चलाएको थियो । हस्ताक्षर अभियानमा ओजिलो प्रतिनिधि मूलक सहभागिता रहेको थियो । राजनीतिक दल, पत्रकारहरु, सामाजिक संघ संस्थाहरुले सक्रिय सहभागिता जनाएको स्कूल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाले जनाएको छ ।

Related posts

भोलिबाट साँस्कृतिक महोत्सव

admin

नेल्टा तनहूँको आयोजनामा अंग्रेजी शिक्षकको कार्यशाला

admin

राजनीतिक स्वार्थ अनि प्रतिष्ठाले प्रभावित तनहुँ उद्योग वाणिज्य संघको निर्वाचन

admin