22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

नियमित होस् दिवा खाजा

    कोभिडको कहरपछि खुलेका सामुदायिक विद्यालयहरुमा पूर्व प्राथमिक देखि ५ कक्षासम्मका बालबालिकाका दिवा खाजा समेत पाएका छन् । दिवा खाजाका लागि यो आर्थिक वर्षमा प्रति विद्यार्थी प्रति दिन पन्ध्र रुपयाँका दरले १८० दिनको रकम सरकारले उपलब्ध गराउने जानकारी पाएसंगै विद्यालयहरुले बालबालिकालाई दिवा खाजा खुवाउन थालेका हुन् । 
अघिल्लो साता तनहुँका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुसंग गरिएको कुरा कानीमा उनीहरुले दिवा खाजाका कारण विद्यार्थी उपस्थिती बढेको अनुभव सुनाएका थिए । र यो अनुभव यथार्थ पनि हो । किनभने केही अभिभावकलाई छोडेर अहिले सामुदायिक विद्यालयमा छोरा–छोरी पढाउने भनेको आर्थिक रुपमा विपन्न अभिभावकले मात्र हो । आर्थिक रुपमा विपन्न हुनुको अर्थ हो उनीहरु आफ्ना बालबालिकालाई कापी, कलमको जोहो गर्न धौ–धौं हुन्छ, दैनिक खाजा खान आवश्यक पैसा दिने कुरा त परको कुरा भयो । सामुदायिक विद्यालयमा पढ्ने अधिकांश बालबालिका विहान ९ बजे आसपास विद्यालय आउने र सांझ ४ बजे छुट्टी भएर घर नपुग्दासम्म भोकभोकै रहने हुन् । खेलकुदमा रमाउने उनीहरुको पेट सायद १२÷१ बजे खाली हुँदो हो । तर ४ बजेसम्म विद्यालय वस्न बाध्य हुन्छन्, विना खाजा । 
यहि कुरालाई मनन् गर्दै सरकारले दिवा खाजा कार्यक्रमको सुरुवात गरेको हुनुपर्छ । यद्यपि यो कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्नु पनि हो । खाजा कार्यक्रम सुरु भएसंगै विद्यार्थी उपस्थिती बढ्ने मात्र होइन यसको सकारात्मक प्रभाव सिकाई उपलब्धिमा पनि पर्ने निश्चित छ र एक वर्ष अगाडि दिवा खाजा सुरु भएको म्याग्दे गापाका विद्यालयका शिक्षकहरुले बताउन थालेका छन् । पन्ध्र रुपैयाँ खाजाका लागि पर्याप्त रकम होइन तर थोरै नै भएपनि प्राप्त रकमलाई सदुपयोग गरेर विद्यालयहरुले बालबालिकाहरुलाई स्वस्थकर खाजा खुवाउने पहल गर्ने हो भने विद्यार्थीहरुको विद्यालयमा उपस्थितीसंगै सिकाई उपलब्धिमा सुधार आउने अपेक्षा स्वाभाविक हुन्छ । दिवा खाजाले ल्याउने शैक्षिक सुधारको मूल्याङ्कन गर्दै यो कार्यक्रमको निरन्तरताको निम्ति अपेक्षा ।  

Related posts

जग्गा आवाद, भोगचलन र दर्ता

admin

हनी ट्रयापिङमा मतदाता-सम्पादकीय

admin

ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा

admin