30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

श्रृङ्ग माविको ६२ औ वार्षिकोत्सव

 गोठादी÷श्रृङ्ग माध्यमिक विद्यालय ऋषिङ–६ तनहुको ६२ औं वार्षिकोत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक टंकबहादुर थापाले तनहुँ आवाजलाई दिएको जानकारी अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर आलेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले शिक्षा क्षेत्रको विकास गाउँ पालिकाको प्राथमिकतामा रहेकाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा आफ्नो सधै सकारात्मक सहयोग रहने बताए । विद्यालयलाई सुविधा सम्पन्न शौचालयको आवश्यकता बारे आफु जानकार रहेको बताउँदै श्रेष्ठले शौचालय निर्माणका लागि आवश्यक बजेट गाउँपालिकाले उपलब्ध गराउने उल्लेख गरे । विद्यालयमा माध्यमिक शिक्षक दरबन्दी थप  गर्न आफुले सकेको प्रयत्न गर्ने समेत श्रेष्ठले बताए । कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष गिनुमायाँ थापा, राष्ट्रिय जनमुक्ति पार्टी गण्डकी प्रदेश अध्यक्ष मन्धरी आले, नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का नेता मदन आले, गाउँ पालिकाका प्रशासकिय अधिकृत चण्डिका पौडेल तथा गाउँपालिका शिक्षा शाखा अधिकृत सुवासचन्द्र रानाभाट लगाएतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा आफुहरुको सदा सहयोग रहने बताए ।    विद्यालयका प्रअ टंकबहादुर थापाले ९३ लाख ४८ हजार ७९८ रुपैयाँको आय–व्यय विवरण पेश गरको कार्यक्रममा छात्र–छात्रालाई पुरस्कार तथा विभिन्न व्यक्ति र संस्थाहरुले प्रदान गरको गरीब तथा जेहन्दार छात्रवृत्ति वितरण गरिएको थियो भने विद्यार्थीहरुले पिटी तथा विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक चित्रबहादुर पुनले सञ्चालन गरको कार्यक्रममा शिक्षक खेलीमाया थापाले आगन्तुक अतिथी तथा  अभिभावक लागाएतको स्वागत गरकी थिइन् ।  

Related posts

छुट्टै दुई घटनामा दुइको मृत्यु

admin

सचेतता अपनाउन प्रशासनको आग्रह

admin

भाेली श्रीकृष्ण जन्माष्टमी

admin