21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

परनिन्दक र परपिडक प्रवृत्तिको छिट्टै अन्त्य होस्

सम्पादकीय
२०७५ साउनमा कञ्चनपुर भीमदत्त नपाकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या, २०७७ असोजमा बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षिय बालिका सम्झना कामीको बलात्कार पछि भएको हत्या र अहिले माघ २१ गते बुधबार बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षिय भागरथी भट्टको बलात्कार पछि भएको हत्याका घटनाले आम नेपालीको मन बारम्बार अशान्त तुत्याउने गरेको छ । 
स्थानीय सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्ययनरत भट्टको बलात्कार पछि भएको हत्याको घटनाले अहिले दोगडाकेदारमात्र होइन देशनै शोकमा छ । स्तब्ध बनाएको छ, सम्पूर्ण देशलाई । बुधबार विद्यालयबाट घरमा आमा एक्लै भएकोले आफु हतारमा रहेको भन्दै साथीहरुसंग बाट छुट्टिएर  हिँडेकी भागरथी कहिल्यै फर्किने छैनन् अब । यो सम्पादकिय तयार पर्दासम्म प्रहरीले अनुसन्धान बालात्कारी हत्यारको नजिक पुगको बताएको छ । तर निर्मला हत्याकाण्डमा संलग्नलाई साढे दुइवर्ष भइसक्दापनि कानुनको कठघरमा उभ्याउन सफल नभएको प्रहरीको भनाई पत्याउन आम मानिसलाई गाह्रो भएको छ । 
प्रहरीले समयमै आवश्यक तदारुकता देखाएको भए निर्मलाको बलात्कारी हत्यारा पत्तालाग्न सक्थ्यो भन्ने आम बुझाई छ । छोरीको खोजी गरिदिन रुँदै प्रहरी समक्ष गएकी निर्मलाकी आमालाई तिम्री छोरी भोली खोजौंला भनेर फर्काउने स्थानीय प्रहरीको हर्कतले समग्र प्रहरीमाथि विश्वास घटेको थियो । अझ घटना भएको ३१ महिना हुँदासम्म हत्याराको पत्तो नलाग्नुले प्रहरीको नियत र क्षमता माथि प्रश्न गर्न थालेका छन्, आम मानिसले र अहिले भागरथीको सन्दर्भमा पनि निर्मलाकै जस्तो अवस्था आउने हो कि भन्ने चिन्ता व्याप्त छ । समयमै बलात्कारी हत्याराको खोजी गरेर कानुनको कठघरामा उभ्याउन नसक्ने हो भने प्रहरी माथिको विश्वास अझ घट्ने छ । पश्चिम प्रहरीका लागि यो एउटा अवसर पनि हो, आफ्नो विश्वसनियता घट्न नदिने । भागरथीको हत्यारालाई छिट्टै कारवाहीको दायरमा ल्याउन प्रहरी सक्षम होस् । भागरथीले निर्मलाको नियती भोग्नु नपरोस् । भागरथीसंगै थुप्रै निर्मला र सम्झनाहरुले पनि न्याय पाउने अवस्था बनोस् । 

Related posts

तिज विशेष- सहकारी गीत

admin

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

admin

झडपको भत्र्सना गर्दै कांग्रेसद्वारा आन्दोलन घोषणाः

admin