22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

अमरसिं माविमा मेरा अनुभूतिका क्षणहरु

गण्डकी प्रदेश तनहुँ जिल्ला व्यास नगरपालिका श्री अमर सिंह माध्यमिक विद्यालय वडा नं. ११ धरमपानीमा अवस्थित श्री अमर सिंह मा. वि. २००९ सालमा स्थापना आज ६८ वर्ष पुरा गरी ६९ वर्षमा प्रवेश गरेको छ ।
१०४ वर्षको जहानियाँ राणा शासनको अन्त्य पश्चात् शिक्षाको आवश्यकता महसुस गरी यस ठाउँका वुद्धिजीविहरुले इन्द्रवदन मिडिल स्कूलको नाउँमा स्थापना गरेको तर पछि पञ्चायत कालिन शासकहरुले राजनिति गरी २०२५ सालमा शहिद अमर सिंह थापाको नाउँमा नामाकरण गरेको रहेछ। यस विद्यालयबाट उत्पादित जनशक्ति राज्य संचालनको महत्वपूर्ण स्थानमा पुगे तापनि भौतिक संरचना भने २०४६ सालको जनआन्दोलन पश्चात् सुधार हुंदै आइरहेको पाइन्छ । हाल संचालनमा रहेको ४ वटा भवन २ वटा शौचालय खानेपानीको राम्रो व्यवस्था छ । तर पानी र विकास तल वहन्छ भने झै तनहुंसुरका ६० प्रतिशत जनताहरू रोजगारी र सुविधाको खोजीमा दमौली, काठमाण्डौं, चितवन, नवलपरासी जस्ता स्थानमा बसाइँसराइ गरेकाले पिछडिएको भए तापनि वर्तमानमा भएको विजुली, खानेपानी र सडकको निर्माण, मर्मत, संहारले विद्यालयको विद्यार्थी संख्यामा पनि वृद्धि हुन्छ कि आशा पलाएको छ । यस विद्यालयमा, दमौली, घांसीकुवा, बेलटारी, खडगकाली मार्गको रातमाटा, चिसापानी, अर्चलचौर, धरमपानी हुंदै आउन सकिन्छ।यस विद्यालयको ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छ । (लेखक अमरसिंह माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । सं.)

Related posts

गाउँवस्तीमा राहत पुग्यो

admin

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

admin

लक डाउन र थपिएको चुनौति

admin