22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

पौडेलद्वारा पुल उद्घाटन

सुंडे÷व्यास–१३ सुंडे र ऋषिङ – १ तल्लो कोइदिम जोड्नेगरी सेती नदीमाथि निर्मित मोटरेवल पुलको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  मंगलबार उद्घाटन गरेका छन् । 
पुलको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले  पुल निमार्णले पछि परेको क्षेत्रलाई विकासमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेता पौडेलले पुल निर्माणले ग्रामिण क्षेत्रको उत्पादन सहरसम्म ल्याएर वेचविखनमा सजिलो भएको र यसले ग्रामिण नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बताए । फरक प्रसंगमा नेता पौडेलले वर्तमान सरकारको गतिविधिका कारण प्रतिगमनकारी तत्वले टाउको उठाउन खोजेको आरोप लगाए । पौडेलको आरोप थियो, सरकार त बन्यो तर कसरी जनअपेक्षा अनुसारका काम गर्ने भन्ने मेसो पाएन जसका कारण जनतामा निराशा छाएको छ । उनले अगाडि थपे, सरकार राष्ट्रवादको नारा त लगाउँछ तर राष्ट्रवाद कसरी बलियो हुन्छ भन्ने तर्फ ध्यान दिन जरुरी ठान्दैन । वास्तवमा यो सरकारसंग विकासको कुनै योजना नै छैन । 
  १० करोड ७१ लाख २ सय ७८ रुपैयाँको लागतमा निर्माण सम्पन्न एक सय ५ मिटर लम्बाईको उक्त पुल एड्भेन्चर कन्स्ट्रक्सन भरतपुरले निर्माण सम्पन्न गरेको हो । 
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले , गण्डकी प्रदेश सांसद डोवाटे वि.क. तथा सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले , आँबुखैरेनी गाउँ पालिका अध्यक्ष गिरबहादुर थापा,व नेका जिल्ला सदस्य मोहन गिरी , उपभोक्ता समितिका अध्यक्ष थामबहादुर मल्ल लगायतले बोलेका थिए ।

Related posts

रेडक्रसद्वारा स्वास्थ्य शिबिर आयोजना

admin

आफ्ना नेताको सम्झनामा कांग्रेस तनहू“को शोक सभा

admin

म्याग्दीकी सपना प्रभावशाली सय महिलाको सूचिमा

admin