20.4 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

आउनुस् हामी पनि निर्मलको न्यायका लागि आवाज उठाऔं

अप्सरा भट्टराई

यतिबेला सामाजिक सञ्जाल निर्मलाका निम्ति न्याय भन्ने अभियानले फेरी तातेको छ । निर्मलाको बालात्कार पछि हत्या भएको दुइ वर्ष भयो तर अहिलेसम्म न त बलात्कारी हत्यारा पत्ता लागेको छ । न प्रहरी प्रशासन त्यसको खोजी गरेर कानुनको कठघरामा ल्याउन अग्रसर देखिएको छ ।
दुइ वर्ष अगाडि साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षियका बालिका निर्मला पन्तले अझै न्याय पाएकी छैनन् । हत्या लगतै देशभर आक्रोषको आगो दन्कन थाल्यो । निर्मलाको न्यायका लागि प्रदर्शन हुन
थाले । प्रदर्शनका क्रममा अर्का एक बालक सनी खुन्नाले ज्यान गुमाउनु प–यो । हामी न्यायका लागि आवाज उठाउँदा मृत्यु वरण गर्नुपर्ने विडम्वना बाट गुज्रियौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले निर्मलाको न्यायको लागि भएको प्रदर्शनलाई कम्युनिस्ट सरकार विरुद्धको आन्दोलनको रुपमा अथ्र्याउन थाले । विष्मयकारी कुरा त के थियो भने नेकपाकी सांसद जो आफै एक महिला हुन् उनैले निर्मलाको न्यायका कुरा गर्लिन , बलात्कारी हत्यारालाई कारबाही गर्नुपर्छ भन्छिन् भन्ठानेको त कम्युनिस्ट सरकार असफल गराउन गरिएका घटना पो भनिन् । भारतको एउटा मामुली फिल्मी कलाकारले प्रम ओलीलाई काठमाण्डौं आर्लेको केही घण्टामा भेट्न पाए तर आफ्नी छोरीको हत्याराको खोजी गरी आवश्यक कारवाहीको माग गर्न आएका निर्मलाका आमा बुबाले उनैलाई भेट्न एक हप्ता कुर्नु प¥यो ।
निर्मलाका बाबुको किर्ते हस्ताक्षर गरेर हतार हतार निर्मलाको दाहसंस्कार गरियो । प्रमाणको रुपमा रहने भएकाले यस्ता घटनाका मृतकले लगाएका लुगा जलाईँदैन तर निर्मलाका लुगा जलाइए । यसले आम मानिसको शंकामा बल पुग्यो कि निर्मलाको बलात्कार पछि भएको हत्यामा सत्ताधारीहरु र कञ्चनपुर प्रहरीको पनि मिलेमतो छ । संसारमै अनुसन्धानमा अब्बल भनेर नाम कमाएको नेपाल प्रहरी यो मामलामा कसरी असफल भै रहेको छ भन्ने कुरा रहस्यमय छ । र अझै रहस्यमय त के छ भने नेपाल प्रहरी किन आफ्नो त्यो साख जोगाउन कम्मर कसेर लागेको छैन ? आम मानिसले शंका गरे जस्तै के निर्मलाको बलात्कार पछि भएको हत्यामा ठूलै मान्छेको हात छ,जसलाई प्रहरी जोगाउन चाहन्छ, आफ्नै साख धुलोमा मिलाएर ?
दुई वर्ष कुर्दापनि न्याय पाउने कुनै लक्षण नदेखेपछि अहिले युवाहरु फेरी निर्मलाको न्ययाका लागि सामाजिक सञ्जाल मार्फत सक्रिय हुन थालेका छन् । यो विचमा भएका निर्मलको निम्ति न्याय लेखिएका पोष्टर हटाएर प्रधानमन्त्रीका फोटा टाँस्ने काम मात्र सरकारले गरेन, निर्मलाको पोष्टर टाँस्नेलाई कारवाही गर्ने सम्मको निकृष्ट काम पनि सरकारले ग¥यो । यसले आम युवामा सरकारले निर्मला र अरु निर्मलाहरुलाई न्याय दिन्छ भन्ने विश्वास मर्दै गएको हो । अहिले सामाजिक सञ्जालमार्फत उठेको आवाज धैर्यताको बाँध टुट्दाको परिणाम हो । अनि सामाजिक सञ्जालको शक्ति बुझेको युवा शक्तिले न्याय प्राप्तीको अन्तिम अस्त्रको रुपमा प्रयोग गरेको हो ।
अहिले समाजिक सञ्जाल मार्फत युवाहरु तातेको निर्मलाका बलात्कारी हत्याराले पक्राउ गरी अदालतसम्म लैजाने र सजायको भागिदार बनाउने वातावरण निर्माण गर्न हो अनि आगामि दिनहरुमा अन्य निर्मलाहरुलाई कसैले त्यसो गर्न नसकोस् भन्नका लागि हो । यो कसैको सत्ता विरुद्ध होइन अनि यसमा आम युवाको कुनै व्यक्तिगत स्वार्थ छैन ।
छ त केवल निर्मलाहरुको न्याय प्राप्ती र अन्य निर्मलाहरुका लागि सुरक्षित वातावरण निर्माण । त्यसैले आउनुस् हामी पनि निर्मलको न्यायका लागि आवाज उठाउँ ।

Related posts

प्रविधिमैत्री बन्दै म्याग्देको रत्न मावि

admin

के हो वीपीवाद ?

admin

ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन

admin