23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

दुई मुक्तक

मृदुभाषी देवका पोखरेल
याङवरक–४, पाँचथर


किरा नलाग्ने फल कहिँ भेटिदैन ।
शत्रु नलाग्ने पल कहिँ भेटिदैन ।।
सेवा नै परम् धर्म हो जानी राख,
पाप पखाल्ने जल कहिँ भेटिदैन ।।

कुर्सीमात्र तानेर देश कसरी बन्छ ?
सबै पेवा ठानेर देश कसरी बन्छ ?
भन्न त भन्छौं नि कायापलट गर्ने,
भाषणमात्र हानेर देश कसरी बन्छ ?

Related posts

चट्याङ्ग चौतारी

admin

बन्दाबन्दी

admin

गजल

admin