Tanahun Awaj
Uncategorized

न्यायीक विचलनः चर्चाको अवस्था

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
सर्वोच्च अदालतका प्रधानन्यायाधीश भैसकेको व्यक्तिले न्यायीक विचलनको अवस्थामा मुलुकको न्यायालय रहेको चर्चा गरेपछि निष्पक्ष न्यायपालिकाको विश्वासमा बसेका आमनेपाली नागरिकलाई झस्काएको छ ।
चर्चाको सन्दर्भः
श्रीमति हत्या गर्ने पूर्व डीआईजी रञ्जन मल्लले आफ्नी श्रीमतिको हत्या गरी घरदेखि धेरै पर मकवानपुरको टिस्टुङ स्थित मत्राङमा पु¥याएर डिजेल समेत छर्केर आगो लगाई शब नै नष्ट गर्ने प्रयास गरेको अवस्थमा अभियोग लागि जिल्ला र पुनरावेदन अदालतबाट सर्वोस्व सहित जन्म कैद सजाय हुँदै आएकोमा सर्वोच्चले आवेश प्रेरित हत्या कायम गर्दै आठ बर्ष छ महिना कैद गर्ने फैसला दिएपछि सो फैसलाले विवादित चर्चा पाएको हो । यद्यपी महान्यायाधीवक्ताको कार्यालयबाट दर्ता भएको पुनरावलोकनको निवेदनमा पुनरावलोकनको निस्सा पाएको अवस्था छ । अर्को एक सवारी ज्यान मुद्धामा पनि आरोपित पृथ्वी मल्ललाई मानसिक समस्या र दमको विरामीको आधार देखाई धरौटीमा छोड्ने आदेश गरेपछि सो फैसला पनि विवादित बनेको थियो । यी र यस्तै मुद्धामा विगत र वर्तमान भएको फैसलाको आदेशका आधारमा न्याय क्षेत्रमा न्यायीक विचलन रहेको विषयले चर्चा पायो ।
न्यायीक मर्मः
फैसला र आदेशको आआफ्नै धरातल हुन्छ । न्यायाधीश र कानुन व्यवसायीहरुको तर्कले फैसला र आदेशको न्यायीक पक्ष र गैरन्यायीक पक्षको पुष्टि गर्न सक्ला ! त्यो आफ्नो ठाउँमा छ । तर आमनागरिकमा त्यसको के सन्देश गयो भन्ने कुरा महत्वपूर्ण हो । न्यायकर्मिहरुले आ–आफ्नो क्षेत्रबाट निष्पक्ष भूमिका निर्वाह गर्नुपर्दछ । न्यायीक मर्म बचाउन सक्नुपर्दछ । ‘आँट भएकाले ठोक्यो’ भन्ने मान्यतामा न्यायकर्मिहरुले हिम्मत गर्दै जाँदा न्यायको मर्म बचाईदैन । त्यो अवस्थाले निम्त्याउने न्यायीक अराजकताको साथसाथै नागरिक बहिष्कारको खतरा तर्फ हामी सम्वेदनशिल बन्नै पर्दछ ।
कानुनको शासनः
कानुनको शासन स्थापित गर्ने न्यायपालिकाले हो । न्यायपालिकालाई पनि सिडियो कार्यालय जस्तो भनेर चित्रण गरिनु पर्ने अवस्था आउँदा भने कानुनको शासन स्थापित हुँदैन । कानुनको शासन नहुँदा अधिनायकवाद मौलाउँछ । मत्स्य न्याय स्थापित हुन पुग्दछ । लोकतान्त्रिक व्यवस्थाका लागि त्यो भन्दा बढी घातक परिवेश र वातावरण अरु हुनै सक्दैन । अन्ततः व्यवस्था नै धरापमा पर्दछ ।
निष्कर्षः
आमनागरिकको भावनाले न्यायीक विवेकलाई पहिचान गरेको हुन्छ । आमनागरिकको भावना विपरित व्याख्याका आधारमा फैसला आउँदा कानुनी धरातलमा कानुन व्यवसायी, पूर्व न्यायाधीशहरुले बचाउ गर्नु पर्दछ । अदालतका कामकारवाही, आदेश र फैसलाहरु पनि कानुनी धरातलमा कानुनको मनसाय बमोजिमको व्याख्या हुनुपर्दछ । कानुनको शासन अपरिहार्य छ ।

Related posts

वातावरण र विकास

admin

वर्ष २०२१ लाई स्वागत सम्पादकीय

admin

संविधानको पूर्ण कार्यान्वयनको कामना !

admin