31.2 C
Damauli
September 28, 2026
Tanahun Awaj
साहित्य

तीन मुक्तक

प्रयत्न पबित्रा पोख्रेल
याङवरक–४, पाँचथर

एक
दुखले बनाएको थियो घर पहिरोले लग्यो यो साल ।
तिजमा आउदिन आमा बाढीले पुल बग्यो यो साल ।।
पराइ घरमा रमाउनलाइ भर्खर सिक्दै थिए आफै ।
परिवारनै बिचल्लि भयो भाग्यले ठग्यो यो साल ।।
दुई
यहाँ भाव रुचाउने कुन छ शब्दहरुको ।
गहिराई पुगेको जुन छ, शब्दहरुको ।।
कुनैले सितलता दिन्छ कुनैले मन जलाउँछ,
यस्तो लाग्छ आफ्नै तापक्रम हुन्छ शब्दहरुको ।।
तीन
नारीलाई हेप्नेसंग लड्ने कानुन चाहियो ।
छोरा जस्तै राम्रो स्कुल पढ्ने कानुन चाहियो ।।
आज एउटी लुटिइन रे भोली हाम्रो पालो आउला,
बलात्कारी नराधम सूलि चढ्ने कानुन चाहियो ।।

Related posts

नामको भोकले दौडिएको एउटा मनुवा

admin

कविता-विद्या धन

admin

अचम

admin