19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

झण्डै पाँचघण्टा पृथ्वीराजमार्ग अवरुद्ध

बाढी पहिरोले दोस्रो पटक धनजनको क्षति

नाहाला/बुधबार विहान करिव १२ बजेबाट अवरुद्ध तनहुँको नहालास्थित पृथ्वी राजमार्ग साँझ पाँच बजेबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मंगलबार भासिएको राजमार्ग डाईभर्सन खोलेर सुचारु गरेको भएपनि बुधबार १२ बजेतिर ट्रिपर फँसेपछि झण्डै पाँच घण्टा पृथ्वीराजमार्ग अवरुद्ध हुन पुगेको थियो ।
मंगलबारको अविरल वर्षाले राजमार्गको सडक नै भासिए पछि ट्राफिक प्रहरीले सडक विभागको एक्साभेटरको सहायतामा छेउबाट डाइभर्सन बनाएर यातायात आगमन नियमित पारेको थियो । तर सडकमा बढी हिलो माटो भएका कारण बुधबार दुई सवारी अड्किएकाले दिनभरजसो आगमन रोकिएको थियो । तनहुँका ट्राफिक प्रमुख रेशम रानाभाटले आगमन नियमित बनाउन निकै समय लागेको बताउनुभयो । सडक कार्यालयका प्राविधिकको सहायतामा दिनभरको प्रयासपछि सडकमा अडकेको ट्रक झिकेपछि यातायात आगमन नियमित बनेको हो । सडकमा बढी हिलो माटो भएका कारण चलेका सवारी फसिएपछि दिनभरजसो आगमन रोकिएको थियो । राजमार्ग करिव दश मिटर जति भासिँएको स्थानीय रुद्रनिधी नैनावस्तीले बताए ।
असारको २८ गते र साउन ५ गतेको बाढी पहिरोले १३ जनाको ज्यान गएको छ भने एक जना अझै वेपत्ता रहेको अवस्था छ । घरवस्तीबाट विस्थापित हुनेहरुको यथार्थ लगत अझै आई नसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

Related posts

आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

admin

दुर्गन्धित सरकारबाट के अपेक्षा गर्ने ?

admin

सम्झनाको सन्दुकमा बीपी र पुष्पलाल

admin