17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

द्वन्द्व पिडितलाई छात्रबृत्ति

दमौली/शिक्षा विकास तथा समन्वय इकाई तनहूँले द्वन्द्व पिडित अभिभावकका स्कूलमा अध्ययनरत विद्यार्थीलाई ९६ हजार छात्रबृत्ति उपलब्ध गराएको छ । इकाईका प्रमुख रमाकान्त शर्माले दिनुभएको जानकारी अनुसार छात्रबृत्ति व्यवस्थापन समितिको आईतबार बसेको बैठकले सो निर्णय गरेको हो । छ परिवारका अभिभावकका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिविद्यार्थी सोह्र हजारको दरले छात्रबृत्ति उपलब्ध गराइएको छ । छात्रबृत्ति पाउने विद्यार्थीहरुमा जयदुर्गा मावि ऋषिङ्ग–५ मा कक्षा नौमा अध्ययनरत राधामायाँ सोती रहेकी छन् । राधा मावि म्याग्दे–२ मा कक्षा १० मा अध्ययनरत जुना काफ्ले, दिपशिखा इंगलिस बोर्डिङ्ग स्कूल बन्दिपुर–१ को कक्षा ९ मा अध्ययनरत रोशन आले मगर, नोट्रेडम मा.वि. बन्दिपुर–४ को कक्षा ११ मा अध्ययनरत समिक्षा सेन, रामशाह मावि आँबुखैरेनी–३ को कक्षा ११ मा अध्ययनरत हिरामायाँ आले र सत्यवती मावि दमौलीको कक्षा ९ मा अध्ययनरत सोफिया घर्ति समेतले उक्त छात्रबृत्ति पाएका इकाईले जनाएको छ ।

Related posts

रक्तदाता उत्प्रेरणा, सञ्जालिकरण साथमा डिहिगाउ“मा रक्तदान

admin

होमस्टेलाई कफिका विरुवा

admin

हाम्रा प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु

admin