24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

तेह्रौं गणतन्त्र दिवसको यात्रा-सम्पादकीय

विश्वमानचित्रमा स्वशासित देशको नागरिकका रुपमा गौरव गर्ने हामी नेपाली स्वशासन र मौलिक हक संरक्षण गर्दै देशको विकासमा लाग्ने सपनामा भूपि शेरचनको कविताबाट यो निर्देशित भयौं–
हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपूत मगरेर नगए

नेपाल आमाका धेरै सपूतहरु स्वशासित नेपालको शान बचाउन, मौलिक हकको संरक्षण गर्न, देशको विकास र प्रगति गर्ने सपना सकार पार्न २००७ साल, २०१४ साल, २०१७ साल, २०३६ साल, २०४२ साल, २०४६ साल, २०५१ को सशस्त्र विद्रोह, २०६२/०६३ को आन्दोलनमा त्यस्ता धेरै नेपाली सपूतहरुलाई गुमाएका छौं ।
हामीले नेपालमा जतिपटक परिवर्तनको सपना देखेर आन्दोलन ग¥यौं, इतिहासले ती आन्दोलनहरु सबै नेपाली मौलिकता मास्न, राष्ट्रिय स्वाधिनता कमजोर तुल्याउन, पुर्खाले बचाएर राखेको स्वशासित पवित्र नेपाल भूमिलाई कमजोर बनाउनका लागि प्रयोग भएको आज सिद्ध हुँदैछ । हामी प्रयोग मात्रै भएको प्रष्ट हुँदैछ । हामीले धेरै राजनीतिक परिवर्तन गरेतापनि त्यो
परिवर्तन नेपाली मौलिकता बचाउनका लागि प्रयोग गर्न नसकेर हामी धेरै पटक असफल भयौं ।
राणा फालेर आएको प्रजातन्त्रले पनि पृथ्वी नारायण शाह कालिन गौरब बचाउन सकेका छैनौं । बहादुर शाह, भिमसेन थापा कालिन स्वाभिमान बचाउन सकेका छैनौं । सतीको सराप लागेर हो कि किन हो आजसम्म नेपाली राजा देखि नेताहरुसम्म देशको स्वाभिमान बचाउनका लागि भन्दा कमजोर बनाउनका लागि प्रयोग भएको इतिहास हामी माझ साक्षी छ ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धि स्वरुप आएको संघीय लोकतान्त्रिक गणतन्त्र अझै संस्थागत गर्न तर्फ हाम्रा नेतृत्वहरुले कुनै ध्यान दिएनन् । आज संघीय लोकतन्त्र मात्र कमजोर भएको छैन, पुर्खाले बचाएर राखेको स्वशासित भूमि पनि जनादेश पाएर शासन गर्ने जनप्रतिनिधिहरुले बचाउन नसक्ने अवस्थामा पुगेको छ । नेपाली स्वाभिमान बेचइन भएर रोइरहेको बेला हामीले १३औं गणतन्त्र दिवस मनाउन पर्ने अवस्थामा छौं । अझ भनौं अर्को बर्ष मनाउन पाईन्छ पाईदैन, विश्वव्यापी महामारी कोरोना भाईरसले कोठाभित्रै थुनिएको अवस्थामा भएपनि मनाउन पर्ने विवशतामा हामी पुगेको छौं । नेपाली स्वाभिमानका अगाडि दलीय स्वाभिमान गौण हो । त्यसैले पहिला नेपाली स्वाभिमान बचाउँ । अनि त्यसपछि हाम्रो दलीय स्वाभिमान बचाउँला । यो राष्ट्रिय संकटको क्षणमा बुझौं ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ?’

Related posts

आँपमा देखिने ब्याक्टेरियल क्र्यान्कर

admin

संवैधानिक इजलासमा निष्पक्षताको प्रश्न

admin

उपशाखा सभा सम्पन्न

admin