Tanahun Awaj
जीवनशैली

साधारण जीवन, सुन्दर जीवनको पक्षमा

  • दीपकराज जोशी

जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ । विकासको गति बढ्दो छ । विकासका साथसाथै राग द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ।मेरो गाउँमा बनेको पुलले अर्को गाउँ त जोडियो तर गाउँमै बस्ने मान्छेको मन भने जोडिएन । सहरीकरणले गाउँदेखि सहरको दूरी घटायो तर एक गाउँदेखि अर्को गाउँको दूरी झनै बढायो ।

सोसियल मिडियामा लाइक, फलो, शेयर त धरै नै भयो तर वास्तविक जीवनमा मन पराउने मान्छे कम हुँदै गए । शेयर गर्नु भनेको केयर गर्नु भन्ने कुरा फेसबुकभन्दा बाहिर आएन । कुनै बेला लाखौं फ्यान र फलोअर्स भएकाहरूको मलामी जाने मान्छे नभेटिएको उदहारण पनि प्रशस्त छन् । सायद त्यसैले भनिन्छ, तपाईँका सबै फलोअर सधैँ तपाईँका फ्यान हुँदैनन ।

थप पढ्न को लागी यहाँ क्लिक गर्नु होला

https://www.news24nepal.tv/2020/05/26/661755

लेखक दीपक राज जोशी न्यु मिलेनियम कलेजको प्रबन्ध निर्देशक हुनु हुन्छ

साभार :news24nepal

Related posts

लाखौं कमाइ हुने जागिर र ग्रिनकार्ड त्यागेर नेपाल फर्केका दिपक

admin

दशैंसँग जोडिएको मेरो बालापन

admin

राजनीतिका पात्रहरुले बनाएको पहिचान

admin