Tanahun Awaj
Uncategorized

छोरीले दिए दागवत्ती

समजुर/वीपी हाई भई छाती दुखेको बताउने भानु–३ समजुरका ६२ बर्षिय कृष्णबहादुर बानियालाई उनका चार छोरी र भाईले चैत्र १४ गते दागवत्ती दिएका छन् । छोरा सुमन बानिया अमेरिकाबाट आईपुग्न लकडाउनको अवस्थाले असम्भव हुँदा छोरीहरु विन्दु, विना, प्रतिक्षा, मनिता र कृष्णबहादुरका भाई रामबहादुर बानियाले दागवत्ती दिएका
हुन् । कोरोना भाईरसको संक्रमणबाट इटलीमा ६३ जना डाक्टरले ज्यान गुमाएको समाचारले गाउँवस्तीमा बढेको त्रासले समयमा उपचार गर्न पु¥याउन सवारी साधन पाउन नसक्दा कृष्णबहादुरको ज्यान गएको त्यहाँबाट तनहुँ आवाज सम्वाददाता बाबुराम खनालले बताउनु भयो ।

Related posts

प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु–२

admin

अन्याेलमा घिरिङ्ग गा.पा. वडा नं. १ काे पुल

admin

विद्याथीले वाटर रकेट उडाए

admin