Tanahun Awaj
Uncategorized

जिल्ला प्रशासन कार्यालय तनहुँको आग्रह कोरोनाबाट जोगिन सावधानी अपनाऊ

दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरी कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय अपनाउन र ठूला सभा, सम्मेलन, महोत्सव, महायज्ञ, भेला, भोजभतेर आदि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मंगलबार कार्यालयले जनहीतमा जारी गरीएको ६ बुँदे सूचनामा कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य अवस्था बारे सचेत रहन, भिडमाड तथा मानिसहरु अत्याधिक जमघट हुने स्थानमा नजान र व्यक्तिगत रुपमा नियमित सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सन् २०२२ लाई सारिएको तथा सगरमाथा सम्बाद जस्ता कार्यक्रम स्थगित भएको उल्लेख गर्दै सूचनामा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले समेत विभिन्न सभा, सम्मेलन, मेला, महोत्सव जस्ता अत्यधिक मानिसहरुको जमघट हुने कार्यक्रमहरु आयोजना नगर्न सूचना जारी गरिसकेको अवस्थामा कोरोनाको संक्रमणबाट जोगिन तनहुँमा पनि सचेतता अपनाउन आवश्यक भएको सूचनामा उल्लेख गरिएको छ । सबै स्थानीय तहलाई कोरोना भाइरसबाट बच्ने उपायहरुका बारेमा सचेतना अभिवृद्धिका कार्यक्रम गर्न आग्रह गरिएको सूचनामा निरन्तर रुघाखोकी, ज्वरोको संक्रमण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गर्न गराउन समेत आग्रह गरिएको छ । प्रशासकिय अधिकृत राममणि मिश्रले जारी गरेको सूचनामा विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिमयुक्त क्षेत्र रहेको उल्लेख गरेको सन्दर्भमा यसको जोखिमको न्यूनिकरणको लागि सबै नागरिकहरु सचेत रहन एवं अरुलाई पपनि सुरक्षाका उपायहरु बताई सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

Related posts

देउवाको संसदमाथी विश्वास- सरकारलाई बाटो देखाउन सफल हुनेछ

admin

जनसहयोगी माविको ५८ औं वार्षिकोत्सव

admin

पानी जहाज र रेल,राम्जाकोटका लागि कागलाई बेल

admin