Tanahun Awaj
Uncategorized

रिसिङमा गाउँपालिकास्तरीय वक्तृत्वकला र हाजिरी जवाफ हुने

Dolraj Ranabhat.

तनहुँ । अकला युवा क्लब रिसिङ ३ मौरीवास तनहुँले गाउँपालिकास्तरीय अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । महेन्द्र ज्योति प्रावि रिसिङ ४ थप्रेकमा आगामी फागुन १६ गते शुक्रबार कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

वक्तृत्वकलामा आधारभूत तह कक्षा ८ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने र ‘देश विकासमा युवा क्लबको भूमिका’ विषयक शीर्षकमा प्रतिस्पर्धा गराइने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई २ हजार, १५ सय र १ हजार बरावरको स्टेसनरी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै कक्षा ५ सम्मका विद्यार्थीहरुबीच अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने र त्यसमा एक जना अनिवार्य छात्रा राख्नुपर्ने नियम वनाइएको छ ।

हाजिरी जवाफमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४ हजार ५ सय, ३ हजार र १ हजार ५ सय बराबरको स्टेशनरी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । गाउँको विकास र उन्नतिका लागि वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको क्लबले यसपटक विद्यालयको क्षमता विकासका लागि उक्त कार्यक्रमको आयोजना गरिएको र हाजिरी जवाफमा ७ वटा चरणहरु समावेश गरिने बताइएको छ ।

Related posts

बेच्ने नै हो यदि भने………..

admin

व्यवसायिक बन्दै राम्जाकोटका किसान

admin

रोकियो एसईई र कक्षा १२ को परीक्षा

admin