24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

छहार्दी खानेपानी उद्घाटन

सपाङ्दी/तनहुँ जिल्लाको दक्षिणी भेगको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ समाङ्गदीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमलाई संविधान सभा सदस्य ध्रुब वाग्ले, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, ऋषिङ्ग गापा प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठ, नेका महासमिति सदस्य कृष्ण पण्डित, जिल्ला सदस्य मोहन गिरी, नेकपाका हरिराज कँडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

आयोजना कूल ५८ लाखको लागतमा निर्माण सम्पन्न भएको ऋषिङ्गबाट बुद्धिमान राना मगरले तनहुँ आवाजलाई बताउनु भयो । आयोजनाबाट ६२ घरधुरीका जनसंख्या लाभान्वित भएका छन् । आयोजना सम्पन्न गर्नका लागि ऋषिङ्ग गाउँपालिकाको बजेटबाट २९ लाख, सामुदायिक वनबाट छ लाख आर्थिक स्रोत जुटाई बाँकी स्थानीय जनश्रमदानबाट निर्माण सम्पन्न गरिएको थियो ।

छहार्दी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बामदेव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरुलाई बुद्धिमान रानाले स्वागत गर्नुभएको थियो भने मुक्त रानाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Related posts

अल्ट्रा म्याराथनको उपाधी महतरालाई

admin

आमा समूहलाई जग्गा दान

admin

पहिरोपीडितलाई मगर संघको सहयोग

admin