32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
खेलकुद

ग्रेस एनएमसी कप फुटसल प्रतियोगितामा रेडन कलेज प्रथम

ग्रेस एनएमसी (न्यु मिलेनियम कलेज) कप फुटसल प्रतियोगितामा रेडन कलेज प्रथम भएको छ भने आयोजक एनएमसी कलेजले दोस्रो स्थान हासिल गरेको छ। काठमाडौँको ढुकु फुटसल सेन्टरमा शुक्रवार र शनिवार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा रेडन कलेजले १ गोल र एनएमसी ले एक गोल गएर बराबरी भए पछि पेनाल्टी मा रेडन कलेज ले प्रथम स्थान हासिल गरेको थियो। उक्त फुटसल प्रतियोगितामा विभिन्न २८ फुटसल टिमको सहभागिता रहेको थियो ।

फुटसल उद्घाटन भूतपूर्व शिक्षा मन्त्री राधा कृष्ण मैनाली ले गर्नु भएको थियो। उक्त समारोहमा एनएमसी ( न्यु मिलेनियम कलेज)  कलेजका चेयरमेन श्याम प्रसाद मैनाली , प्रबन्ध निर्देशक दीपक राज जोशी, प्रिन्सिपल सुवास जोशी , समाज सेवी र फुटबल / फुटसल जानकार नवीन पाण्डेको उपस्थित थियो।

 

रोमाञ्चक फाइनल खेलमा दुवै तर्फको आक्रामक रणनीतिपूर्ण खेल रहेको थियो । प्रतियोगिताको विजेता रेडन कलेज ले नगद १ लाख साथै सिल्ड, मेडल , प्रमाणपत्र प्राप्त गरेको थियो। यस्तै उपविजेता एनएमसी कलेजले ५० हजारका साथै सिल्ड, मेडल , प्रमाणपत्र प्राप्त गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेन्यु मिलेनियम कलेज बाट खेलेका सरोज तामांग  ले वेस्ट प्लेयर उपाधि हात पारे भने हाई स्कोर उपाधि न्यु मिलेनियम कलेज बाट खेलेका  कर्फु रसाईली  ( ९ गोल )ले पाए । यस्तै वेस्ट किपर उपाधि विजेता टिमकै नेत्र श्रेष्ठ  ले हात पारे ।

प्रतियोगिताका सहभागी सबै टोली र खेलाडीलाई प्रमाणपत्र र टोकन अफ लभ प्रदान गरिएको थियो।  नेपाली फुटसल सङ्घ का अध्यक्ष  दावा कुङ्गा लामा का साथै न्यु मिलेनियम कलेज का प्रबन्ध निर्देशक दीपक राज जोशी, समाज सेवी र फुटबल / फुटसल जानकार नवीन पाण्डे मिलेर पुरस्कार वितरण गर्नु भएको थियो। यो फुटसल गेम लाई ग्रेस इन्टरनेशनल, इलेक्ट्रोन नेपाल, र प्रिया ट्रेड लिंक ले स्पोन्सर गरेका थिए।

Related posts

भानुमा सिद्धबाबा कप

admin

सनवे इभेइन्ट्स ले आयोजन गरेको सनवे कप फुटसल प्रतियोगितामा २०१९ मा न्यू मिलेनियम कलेज प्रथम

admin

उपलब्ध साधनको अधिकतम सदुपयोग गर्दै नागरिकका आवश्यकता परिपूर्ती मेरो प्राथमिकता : वडाध्यक्ष राना

admin