30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

केन्द्रीय साधारण सभा सम्पन्न

भरतपुर/एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोस्रो केन्द्रीय साधारण सभा भरतपुरमा सोमबार सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिती चयन गनुका साथै प्रतिष्ठानको नयाँ भवन निर्माण कार्यका लागि आर्थिक श्रोत जुटाउन महायज्ञ सञ्चालन गर्ने विषयमा समेत निर्णय गरेको छ ।

पोखरेलहरुले आफ्नो वंशावली, टेलिफोन डाइरेक्ट्री, केन्द्रीय कार्यालय निर्माण गर्ने विषयमा साधारण सभामा व्यापक छलफल गरेका थिए । केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ प्रतिष्ठानले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनमा वृहद् महायज्ञ सञ्चालन गर्ने भएको हो । साधारण सभामा अध्यक्ष ओमप्रसाद पोखरेलले प्रतिष्ठानको भावी कार्ययोजना, महासचिव हरिप्रसाद पोखरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेखा पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सबै प्रतिवेदनहरु साधारण सभाबाट पारित भएको छ । कार्यक्रममा साधारण सभाका प्रमुख अतिथि सांसद एवम् कानून, न्याय तथा संसदीय व्यवस्था समितिका सभापति कृष्णभक्त पोखरेलले सबै समुदायले आफ्नो ईतिहास खोजेर संगठित भईरहेका बेला प्रतिष्ठानको यो कार्य सम्मानयोग्य भएको बताए । अब यो संगठित अभियान परिष्कृत र देशकै समृद्धितर्फ लाग्नुपर्नेमा प्रमुख अतिथि पोखरेलको जोड थियो ।

कार्यक्रममा बोल्दै पं. दिनबन्धु पोखरेलले देवघाटमा बनाउन लागिएको प्रतिष्ठानको भवनलाई बहु उपयोगी बनाउन आवश्यक सहयोग गर्न आफु तत्पर रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले भारद्वाज ऋषि आफ्नो समयका डाक्टर, अर्थशास्त्री लगाएत सबै भएको आफुले अध्ययनका क्रममा पाएको उल्लेख गर्दै एकताबद्ध भएर आफ्नो पहिचान कायम राख्न लागि पर्न उपस्थित सबैलाई आग्रह गरे । कार्यक्रममा कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष भोला पोखरेल, जिल्ला कारागार पर्साका प्रमुख श्रवणकुमार पोखरेल, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य ईश्वर पोखरेल, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीधर शर्मा मजगैया पोखरेल, भिजन लुम्बिनीका प्रमुख जगत पोखरेलल, उपाध्यक्ष शान्तप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।देशका विभिन्न जिल्लाबाट आएका पोखरेलहरुको कार्यक्रममा सहभागिता रहेको थियो । साधारण सभाले ओमप्रसाद पोखरेलको नेतृत्वमा रहेको ३१ सदस्यिय पुरानै कार्य समितिलाई निरन्तरता दिनुका साथै महायज्ञ सञ्चालन गर्न दुइहजार एक सदस्य रहेको महायज्ञ आयोजक समिति र विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ ।

Related posts

असार र बाँझा खेतहरु

admin

तरूण दल गठन

admin

शिवसरस्वती माविमा महायज्ञको सान्दर्भिकता

admin