33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
खेलकुद

न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल

 

प्ले नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न ‘स्काइ बर्ड प्याराग्लाइडिङ इन्टर कलेज फुटसल’ को उपाधि मिलेनियम कलेजले जितेको छ।

विजेता टिमले एक लाख पचास हजार बराबरको टुर प्याकेज प्राप्त गरेको छ। जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट  पाराग्लाइडिङसहित काठमाडौं पोखरा दुईतर्फी यातायात र खाने  बस्ने  सुविधा रहेको छ ।प्रतियोगिता निकै राम्रो खेलेको एपेक्स कलेज फाइनलमा राम्रो प्रदर्शन गर्न नसक्दा उपविजेतामा सीमित हुन पुग्यो। उपविजेता टिमले धुलिखेल जिपलाइनको तर्फबाट पचास हजार बराबरको टुर प्याकेज प्राप्त गरेको छ।

विजेता टिमले एक लाख पचास हजार बराबरको टुर प्याकेज प्राप्त गरेको छ। जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट  पाराग्लाइडिङसहित काठमाडौं पोखरा दुईतर्फी यातायात र खाने  बस्ने  सुविधा रहेको छ ।प्रतियोगिता निकै राम्रो खेलेको एपेक्स कलेज फाइनलमा राम्रो प्रदर्शन गर्न नसक्दा उपविजेतामा सीमित हुन पुग्यो। उपविजेता टिमले धुलिखेल जिपलाइनको तर्फबाट पचास हजार बराबरको टुर प्याके ज प्राप्त गरेको छ।



भदौ २७ गते सम्पन्न एक दिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभागी भए।उत्कृष्ट गोलरक्षक नबोदित कलेजका निशान राम्जाली र उत्कृष्ट खेलाडी न्यु मिलेनियम कलेजका कर्फु रसाइलीले द लास्ट रिसोर्टको तर्फबाट बन्जीसहित दुईतर्फी यातायात र खाने  बस्ने प्याकेज प्राप्त गरेका प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए।धन्यन्तरी फुटसल हाँडीगाँउमा सम्पन्न प्रतियोगिता प्ले नेपालले  हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।

Related posts

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

admin

सनवे इभेइन्ट्स ले आयोजन गरेको सनवे कप फुटसल प्रतियोगितामा २०१९ मा न्यू मिलेनियम कलेज प्रथम

admin

अनुगमनका पाटो सवल हुँदा र अभिभावकको चासो बढ्दा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउँछः प्रधानाध्यापक भट्टराई

admin