Tanahun Awaj
Uncategorized

दमौलीमा अन्तराष्ट्रिय बेपत्ता दिवस

दमौली/नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनामा यस वर्ष पनि अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनााइयो ।जान्न पाउने अधिकार नारा सहित मनाइएको दिवसका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बेपत्ता परिवारका सदस्यले भोगेको पिडाको कुनै मूल्य नहुने र त्यसको अनुभूति अरुले गर्न नसक्ने उल्लेख गर्दै बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले कानूनी प्रश्न र क्षेत्राधिकार विवादका कारण काम गर्न नसकेको उल्लेख गरे । उनले. नक्कली पिडितका कारण पनि वास्तविक पिडितले राहात नपाउने गरेको बताए ।

बेपत्ता परिवार समाज तनहुँकी अध्यक्ष सर्वदा खनालले कार्यक्रमको नाम बेपत्ता परिवारको पारिवारिक भेटघाट राख्न सुझाउँदै बेपत्ता भएका मानिस कहाँ छन्, जिवित भए कहाँ छन् बताइदिन र जीवित छैनन् भने के कारणले मारिए बताइदिन राज्य पक्षसंग आग्रह गरिन् । खनालले युद्ध लड्दाको आफ्नो आस्था र विश्वास डगमगाएको उल्लेख गर्दै बाँचेका नेताहरु सुखसयलमा लाग्दा पिडितहरु माथि न्याय हुन नसकेको बताइन् । बेपत्ता परिवारका सदस्य कृष्णप्रसाद मिश्रले किटानी जाहेरी दिदा पनि राज्यले बेपत्ता पार्नेलाई कारवाही गर्नु साटो पुरस्कृत गर्दै लगेको गुनासो गरे ।

कार्यक्रमका सभापति समेत रहेका नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्लेले संयुक्त राष्ट्र संघको निर्णय अनुसार हरेक वर्ष अगस्त ३० मा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउन थालिएको जानकारी गराउँदै तनहुँका १६ जना बेपत्ता रहेको बताए ।

तनहुँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेको समेत उपस्थिति रहेको कार्यक्रममा मानव अधिकार कर्मी गोविन्द पन्थले बलपूर्वक बेपत्ता पार्नेहरुलाई कारवाहीको दायरामा ल्याउन राज्य जिम्मेबार हुनु पर्ने उल्लेख गरे । पारिवारिक पुनः स्थापना केन्द्रका सदस्य कृष्णचन्द्र पाण्डेले स्वागत गरेको कार्यक्रममा हरिशरण पण्डितले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेरेसो तनहुँकी मन्त्री चिनु पोख्रेलले गरेकी थिइन् ।

Related posts

फरक मुद्धा व्यवस्थापन (DCM)

admin

अचम

admin

नेपालको विद्यमान कर प्रणाली र सुधारको खाँचो

admin