Tanahun Awaj
Uncategorized

शुभकामना आदान प्रदान

पोखरीछाप/भानु नगरपालिका वडा नं. १३ को पोखरीछापमा मंगलबार हरितालिका तीज पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पोखरीछापबाट सम्वाददाता बाबुराम खनालले दिनुभएको जानकारी अनुसार हिन्दु नारीहरुले बडो महत्वका साथ मनाउने हरितालिका तीज पर्वको अवसरमा महिला सञ्जाल भानु १३ ले शुभकामना आदान प्रदानको आयोजना गरेको थियो । नेपाल महिला संघ सतिस्वाँरा गाउँपालिकाकी पूर्व सभापति विष्णुमायाँ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वडाध्यक्ष रामबहादुर बानियाले विशेष सम्वोधन गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले सांस्कृतिक तीज पर्वको मौलिकता हराउँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनिहरुले भड्किलो र खर्चिलो बनाउन नहुनेमा जोड दिएका थिए । साथै वक्ताहरुले सामाजिक पर्वहरुले नेपाली सस्कृतिको संरक्षण र सामाजिक सद्भाव बढाउन तर्फ विेशष ध्यान दिनुपर्ने जोड दिएका थिए । तीजमा गाईने गीतहरु सिर्जनशिल र सामाजिक सद्भाव बढाउने खालको रचना गर्न सुझाइएको थियो । सो कार्यक्रम महिला सञ्जाल वडा नं. १३ की अध्यक्ष सिता पौडेलको सभापतित्वमा भएको थियो ।

Related posts

तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. ५ देउराली स्थित जमुना थापाको नाउँमा दर्ता भएको थापा बाख्रा फारमका बाख्रा दिनभरि जंगल चरेर आफ्नो खोर तर्फ जाँदै । जमुना थापाका सासु ससुराले दिन भर बाख्रा चराएर एक एक भारी घाँस सहित बाख्रा खोर तर्फ लाँदै थिए । सो फारममा ३५ माउ सहितका पाठापाठी र खसी बोका रहेको सञ्चालकका पति डम्बरसिं थापाले बताए । –तआसा

admin

संसद विघटन विरूद्ध कानुन विद्

admin

व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा लिइने

admin