20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

तनहुँ आयो जोशी, काँग्रेसमा हाउगुजी एक कदम पछाडि, दुइ कदम अगाडि

दमौली/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी तनहुँ नआउँदा पनि चर्चा हुन्छ । आउँदा पनि चर्चा हुन्छ । अझ यस पटक नेपाली काँग्रेसको केन्द्रिय समितिको निर्णय बमोजिम विशेष अधिवेशन गरेर पार्टी कार्यालय खोलेको विशेष अधिवेशन समूहका बीच उपस्थित भएर जोशीले के भने, के के निर्णय भयो सबत्र चासोको विषय बनेको थियो । कतिलाई पार्टीको बोर्ड नै हटाएपछि सकियो जोशी समूह भन्ने लागेको थियो ।

नेपाली काँग्रेस विशेष अधिवेशन गरेको समूहले उही मितिमा नियमित बैठक फरक शैलीमा उहि समूहका बीच चलाएको पनि चर्चा चल्यो । केन्द्रिय समितिको निर्णय पछि पार्टी कार्यालयको बोर्ड हटाएका कार्यकर्ता माझ उपस्थित भएका जोशीले कार्यकर्ताको मनोवल अझै पनि उच्च रहेको अनूभूतिकासाथ निकै उत्साहि भएर सम्वोधन पनि गरे तर एकदमै कुटनीतिक शैलीमा । उनले भने ‘एक कदम पछाडि हटेको दुई कदम अगाडि बढ्नका लागि हो’ भन्दा कति कार्यकर्ताले कसरी बुझे, कतिले बुझ्दै बुझेनन् । तर पार्टी संगठनमा क्रियाशिल रहन, क्रियाशिल सदस्यताको नविकरण गर्न सुझाएका नेता जोशीले समस्या भए आफूलाई सम्पर्क गर्न आव्हान गर्दा काँग्रेस कार्यकर्ताको उत्साह झनै बढेको थियो ।

Related posts

लकडाउनको अवज्ञा

admin

असहिष्णु बन्दै सत्ताधारीहरु र सिङ्गो सरकारी संयन्त्र

admin

विपद् पूर्वतयारी तालिम सम्पन्न

admin