30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

पत्रकारका पारिश्रमिकबारे अन्तरक्रिया

दमौली/न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा दमौलीमा स्थानीय पत्रपत्रिकाका प्रतिनिधिहरु संग अन्तरक्रिया सम्पन्न भएको छ ।

बुधबार सम्पन्न अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय पत्रपत्रिकाका समस्याबारे स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ तनहुँको सभाकक्षमा आयोजित कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, निवर्तमान अध्यक्ष डम्वर अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई लगाएतले स्थानीय पत्रपत्रिका तथा रेडियोका समस्याबारे आआफ्नो धारणा राखेका थिए । अन्तरक्रियामा स्थानीय पत्रपत्रिका तथा रेडियोका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related posts

प्रतियोगितामा प्रतिष्ठान तनहुँ प्रथम

admin

विभिन्न वडामा सार्वजनिक सुनुवाइ

admin

खाजा कार्यक्रमलाई सहयोग गर्न आग्रह

admin