Tanahun Awaj
Uncategorized

स्वाभिमानी श्रम गर्न प्रेरित गर्दै आले

खानपानमा प्राकृतिक, जैविक, विषादी रहित वस्तु खान मनपराउने, रहनसहन र जनजीवनमा वैदिकता र मौलिकतालाई प्राथमिकता दिने यमबहादुर आले गणित विषयमा स्नातकोत्तर गरेका विद्वान हुन् । नेपाली काँग्रेस निकट आले बहुप्रतिभाशाली भएकै कारण कुनै समय तनहुँमा निकै लोकप्रिय थिए । तर काँग्रेसले आफूलाई पटक पटक अपमान गरेको अनुभूति गरेका आले २०४८ सालदेखिनै आफ्नो सोंच अनुसार दुध, दही घ्यू, मही, विषादी रहित तरकारी लौका, फर्सिको मुन्टा, कर्कलो लगायतका मौसम अनुसारको तरकारी उत्पादन गरेर मोटर साईकलमा दमौली बजारका टोल टोलमा पु¥याएर विक्री गर्दै पढेलेखेका युवाहरुलाई स्वाभिमानी श्रम गर्न प्रेरित गर्दछन् । यसैसाता दमौली बजारमा लौका, फर्सिको मुन्टा र कर्कलो लिएर बेच्दै गरेको अवस्थामा तनहुँ आवाजको क्यामेरामा कैद भएको फोटो । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

३८औं सभा सम्पन्न

admin

तनहूँका अग्रज कानून व्यवसायीको निधन

admin

व्यासको खर्च कटौतीः शिक्षक सेवाबाट बिदा, अन्यलाई मार्ग प्रशस्त गर्न जानकारी

admin