Tanahun Awaj
Uncategorized

सिद्धेश्वरीमा बाल क्लब

कमलाबारी/विश्व रेडक्रस दिवसको अवसर पारेर सिद्धेश्वरी मावि कमलाबारीमा नेपाल जुनियर रेडक्रस सर्कल तथा बाल क्लब गठन सम्पन्न भएको छ ।
बुधाबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच नेजुरेस तथा बाल क्लब गठन सम्पन्न भएको विद्यालयका शिक्षक छवीदीप आलेले जानकारी दिए । शिक्षक आलेका अनुसार नव गठित नेजुरेसको सभापतिमा कक्षा ९ की सुस्मिता डौलिया रहेकी छन् । यसैगरी उपसभापतिमा सुजाता वस्याल तथा विराज थापा, सचिवमा सुजिता थापा, सह सचिवमा पुष्पा नेपाली तथा कोषाध्यक्षमा आकृति शर्मा रहेका छन् । सदस्यहरुमा सन्तोष पन्थ, विन्दु गैरे, सन्देश सुनार, सरिता गैरे र रञ्जना पन्थ रहेका छन् ।

विद्यालयमा गठित नेजुरेसको शिक्षक नायकमा शिक्षक प्रभा मिश्र तथा सह नायक छविदीप आले रहेका छन् । यसैगरी सोही दिन गठित बाल क्लबको अध्यक्षमा कुसुम थापा रहेकी छन् भने उपाध्यक्षमा साजन थापा तथा विनिता परियार रहेका छन् । क्लबको सचिवमा पवित्रा पन्थ, सहसचिवमा सन्तोष वि.क. र कोषाध्यक्षमा पुष्पा आले रहेका छन् । यसै गरी सदस्यहरुमा सृष्ठी कैनी, पूर्णिमा गैरे, आस्था बराल, मोनिका थापा, अञ्जली थापा, अनामिका ठडराई, सुमन रोका, अनिता थापा, प्रसंसा पन्थ, वसन्ती खड्गी, सुनिता विक, लक्ष्मी गैरे, ऋषी सिंजाली, अनिषा विक, सनिश थापा र विशाल विक रहेका छन् । बाल क्लबको संरक्षकमा शिक्षक दीपक न्यौपाने रहेका छन् ।

Related posts

कोरोनाबाट बच्न नाका नाकामा सचेतना

admin

भालुको आक्रमणमा परि एक घाइते

admin

खाजा कार्यक्रमलाई सहयोग गर्न आग्रह

admin