Tanahun Awaj
Uncategorized

शुभकामना आदानप्रदान कार्याक्रम आयोजना

कलेस्ती/कलेस्ती संरक्षण अभियान र गजौंडे आमा समूहको आयोजनामा सोमबार शुभकामना आदानप्रदान कार्यक्रय सम्पन्न गरिएको छ । कार्याक्रमका प्रमुख अतिथी व्यास ९ का वडाध्यक्ष सुरेश थापाले सकारात्मक सोत र चिन्तन अनुसार गतिविधी गरेर समाज परिवर्तन गर्नुपर्ने बताए । त्यसैगरी विशिष्ट अतिथी व्यास नगरपालिका सदस्य सुनसरी गुरुङ्गले नयाँ वर्ष २०७६ लाई स्मरणयोग्य बनाउनु पर्ने बताए ।

गजौंडे आमासमूहकी अध्यक्ष दिलमाया गुरुङ्गको सभापतित्वमा सम्पन कार्याक्रममा अभियान संयोजक एवम् नेरेसो कलेस्ती उपशाखा सभापति बाबुराम खनाल, समाजसेवी बुद्धिजीवीहरु शिवशङ्कर पौडेल, शिवचन्द्र आचार्य, शिक्षक हरिश्चन्द्र पौडेल, क्रियाशील महिलाहरुको तर्फबाट रामप्यारी आले ज्योती थापा,सम्झना जी.सी, रमा क्षेत्री, मनमाया श्रेष्ठ, संगीता न्यौपाने र दुमबहादुर गोदारलगायतले मन्तव्य राखेका थिए ।

Related posts

चितुवा समातिए तर त्रास कायमै छ, भानुमा

admin

मोटरसाइकलबाट खसेर युवतिको मृत्यु

admin

अपाङ्गता जीविकोपार्जनका रेडक्रसद्वारा ऋषिङ्गमा तेह्रलाख सत्तरीहजार सहयोग

admin