23.6 C
Damauli
September 22, 2026
Tanahun Awaj
Uncategorized

नेपाली कांग्रेस तनहुँको ध्यानाकर्षण

दमौली/नेपाली कांग्रेसले अस्थायी शिक्षकको आन्तरिक परीक्षामा असफल वा सहभागी नहुने शिक्षकलाई शिक्षक सेवा आयोगले अन्र्तवार्ताको नतिजा प्रकाशन गरेको दिनबाट अवकाश दिने सरकारी निर्णयले शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै पार्टीको ध्यानकर्षण भएको जनाएको छ ।

कांग्रेसले सरकारले शिक्षा सेवा आयोगद्वारा स्थायी शिक्षकको परीक्षाको नतिजा प्रकाशन भएसंगै आन्तरिक परीक्षमा अनुत्तिर्ण वा सहाभागी नहुने अस्थायी शिक्षकल स्वतः अवकास पाउने भन्ने शिक्षा ऐनमा रहेको अव्यवहारिक व्यवस्था हटाई विद्यालय र शिक्षकका समस्या समाधान गर्नु साटो झन अस्तव्यस्त बनाएको उल्लेख गरेको छ । नेका तनहुँको आइतबार सम्पन्न बैठकले परीक्षाको मुखमा आएर शिक्षकहरुलाई विदा गरिँदा परीक्षा सञ्चालनमा समेत समस्या हुने भन्दै गोल्डेन ह्याण्डसेकको कार्यविधि समेत नबन्दै शिक्षकलाई विदा गरिनु उपयुक्त नभएको जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तीमा वर्षाै शिक्षण गरेका शिक्षकहरुलाई रित्तोहात फर्काउने अवस्था सृजना भएको उल्लेख गरेको छ । साथै विज्ञप्तीमा विद्यालय शिक्षामा देखिएको समस्याको व्यवहारिक समाधानका लागि अस्थायी शिक्षकले नियमानुसारको रकम नपाउँदा सम्म वा सो पदमा अर्काे शिक्षक हाँजिर हुन नआउँदा सम्म कार्यरत अस्थायी शिक्षकलाई नै निरन्तरता दिई सामुदायिक विद्यालयहरुको पठनपाठन सुचारु गराउन र अस्थायी शिक्षकहरुलाई स–सम्मान विदाई गर्ने वातावरण सिर्जना गर्न नेपालको ध्यानाकर्षण गराउनु निर्णय भएको उल्लेख गरिएको छ ।

Related posts

अनन्त कपको उपाधि दोभानलाई

admin

क्वारेन्टाईनलाई आवश्यक सामग्री वडावडामा पुर्याउँदै शहीद पुत्र

admin

ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन

admin