Tanahun Awaj
Uncategorized

६५औं बर्षमा अरनीको मावि

ठूलढुङ्खा/भानु नगरपालिकाको वडा नं. १३ ठूलढुङ्गा स्थित अरनीको माध्यमिक विद्यालयले आफ्नौ ६५औ बार्षिकोत्सव मनाएको छ । फागुन १० गते शुक्रबार सम्पन्न बार्षिकोत्सवलाई प्रमुख अतिथि गण्डकी प्रदेशसभाकी सदस्य सरीता गुरुङ्गले शैक्षिक विकास नभै समाजको आमूल परिवर्तन गर्न नसकिने हुँदा शैक्षिक गुणस्तर कायम गर्न सरोकारवालाहरु सबैको क्षमता समेत बढाउनुका साथै प्रोत्साहन पनि गर्नु पर्दछ भन्नु भयो । वार्षिकोत्सवलाई जिल्ला समन्वय समितिका प्रबक्ता गल गुरुङ्ग, मुश्लिम संघका केन्द्रिय उपाध्यक्ष हाजीरफिक मियाँलाईले शुभकामना दिनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक शैलेन्द्र शाहले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु १३ का वडाध्यक्ष रामबहादुर बानियाको सभापतित्वमा भएको सो वार्षिकोत्सवमा थानसिंह गुरुङ्गले उत्कृष्ठ शिक्षक र विद्यार्थी एक एक जनालाई प्रोत्सान गर्न एक लाखको अक्षयकोष स्थापना गरेको ठूलढुङ्गाबाट बाबुराम खनालले तनहुँ आवाजलाई बताउनु भयो । त्यसैगरी कल्पना थापाले प्रत्येक बर्षको एस इ इ परीक्षामा सर्वाधिक अंक ल्याउने एक जनालाई प्रोत्साहन गर्न पचास हजार पचास रुपयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

Related posts

परिकल्पनामा महिला प्रधानमन्त्री

admin

फरक धारको राजनीति आवश्यक

admin

बारबेञ्च शुभकामना आदान प्रदान

admin