28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

एनसीसीको क्याम्पमा सत्यवती प्लाटुन प्रथम

दमौली/स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय सेवा दलद्वारा २०७५ भदौ ०५ गते देखि माघ २९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सेवा दलको संस्थागत तालिममा सहभागि सत्यवती मा.वि.का क्याडेटहरु राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिएका छन ।
एनसीसी सिनियर डिभिजन १४औं व्याचको वार्षिक २१ दिने क्याम्पमा आयोजित विविध विधाहरुको मुल्याङ्कन गर्दा सत्यवती प्लाटुनले राष्ट्रिय स्तरमा प्रथम स्थान प्राप्त गरि शिल्ड, मेडल तथा प्रमाणत्र प्राप्त गरेको छ । देशभरका विभिन्न विद्यालयहरुका प्लाटुनको सहभागिता रहेको ५ वटा प्रतिस्पर्धा मध्ये सत्यवतीबाट सहभागि १८ जना छात्र तथा १८ जना छात्रा क्याडेटहरुले छात्रहरुको १६०० मिटर दौड, भलिबल र फुटबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो भने, छात्रहरुको १६०० मिटर दौडमा प्रथम तथा भलिबलमा द्वितीय स्थान प्राप्त गरेको थियो । गतवर्षको जुनियर डिभिजनमा सम्मिलित छात्रछात्राहरुले उत्कृष्ट प्रदर्शन गरेकोले क्याडेट अर्पणा खाँणले १६ दिने भारत भ्रमण गर्ने अवसर प्राप्त गरेकि थिइन ।

सत्यवती माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा एनसीसीका प्रशिक्षकहरु रोशन डाँगी र जीवन थामीले संयुक्त रुपमा विद्यालयका विव्यस अध्यक्ष सूर्य अधिकारी एवं प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई आफूले जितेर ल्याएको पुरस्कार हस्तान्तरण गरेका थिए । विद्यालयका विव्यस अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्लाटुनका समन्वय शिक्षक अर्विन तामाङ्गले वार्षिक क्याम्पको अनुभव बताएका थिए भने अध्यक्ष अधिकारी तथा प्रधानाध्यापक पौडेलले बधाई एवं शुभकामना प्रदान गरेका थिए । विद्यालयका प्रशासन सहायक हरिश्चन्द्र कोइरालाका अनुसार उक्त कार्यक्रममा विशेष सहयोग पु¥याएको भन्दै प्रशिक्षकहरु रोशन डाँगी तथा जीवन थामी र समन्वय शिक्षक अर्विन तामाङ्गलाई दोशल्ला, प्रशंसापत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका विव्यस तथा शिअसंघ पदाधिकारीहरु, शिक्षक कर्मचारीहरु एवं विद्यार्थीहरुको उत्साहपूर्ण उपस्थितिले विजय क्याडेटहरुमा उर्जा थपिएको थियो ।

Related posts

बहत्तर बैशाख बाह्र-सम्पादकीय

admin

अमेरिकाबाट फर्किएका तनहुँ का ईञ्जिनियर दीपक राज जोशी पनि प्रतिष्पर्धामा “

admin

केही मिठा बात गरौं !

admin