Tanahun Awaj
Uncategorized

दमौलीमा २ दिने लैङ्गिक समानता प्रशिक्षण

नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । माघ २८ र २९ दुई दिन चलेको प्रशिक्षण नेरेसो केन्द्रको सहयोगमा सञ्चालन भएको हो । डेनिस रेडक्रस र हङ्गकङ्ग रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वयमा “संचालित भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण र समाबेशिकरण कार्यक्रम” अन्र्तगत लैंङ्गिक समानता सामाजिक समाबेशीकरण सम्बन्धी प्रशिक्षण चलाइएको नेरेसो तनहुँले जनाएको छ ।

प्रशिक्षणको समापन नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाका सभापति कृष्णहरी वाग्लेले गर्नुभयो । सो प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, उपशाखाका सदस्यहरु, शिक्षकनायकहरु, अपाङ्गता स्वाबलम्बन समुहका प्रतिनिधिहरु तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहित जम्मा ३० जनाको सहभागिता रहेको कार्यक्रमका फोकल पर्सन करुणनिधी भट्टराईले बताउनु भयो । थियो । सो प्रशिक्षणको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाका मन्त्रि चिनु पोख्रेल, कोषाध्यक्ष हरिशरण पण्डित, कलेस्ति उपशाखाका सभापति बाबुराम खनाल, केन्द्रिय कार्यलयका निर्देशक पुजा कोइराला र पुष्ष खनालले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम मंगलबार समापन भएको थियो ।

Related posts

कहिले ब्यूझन्छ सरकार ?

admin

ट्याङकी छ तर साबुन र पानी छैन

admin

पर्यटक बस दुर्घटना हुँदा १० घाइते

admin