Tanahun Awaj
Uncategorized

लागु औषध ओसारपोसारको क्रममा पक्राउ

दमौली/जिल्ला प्रहरी कार्यालय तनहुँले तनहुँको विभिन्न ठाउँबाट लागुऔषध ओसारपोसारको क्रममा पाँच युवाहरुलाई पक्राउ गरेको छ । आइतबार पृथ्वीराजमार्गस्थित व्यास १२ घाँसीकुवामा भैरहवाबाट पोखरा जाँदै गरेको बसमा ४५ थान लागु औषध सहित भरतपुर महानगरपालिका ७ घर भई हाल व्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय लक्ष्मण दनुवार र सुनौलीबाट पोखरा जाँदै गरेको बसमा ९० थान आगुऔषध सहित चितवन भरतपुर महानगरपालिका १८ घर भइ हाल पोखरा बस्ने ३० वर्षका मिनबहादुर तमाङ पक्राउ परेका थिए । त्यस्तै सोमबार बन्दीपुर गाउँपालिका ५ बिमलनगरमा सुनौलीबाट पोखरा जाँदै गरेको बसमा सवार रुपन्देही सम्मेरीमाई गाउँपालिका ५ का २७ वर्षीय धर्मेन्द्र मल्लाह, धाडिङ घर भई हाल पोखरा महानगरपालिका ८ बस्ने १८ वर्षीय विशाल थापा मगर र गोर्खा घर भइ हाल पोखरा मनपा ८ नै बस्ने १८ वर्षीय मनिस कुवँर ३ सय थान लागु औषध सहित पक्राउ परेका हुन्् ।

Related posts

व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा लिइने

admin

भौतिक कक्षा बन्द

admin

खै सेनेटरी प्याड?

admin