20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

अक्षय श्रद्धाराशी संकलनार्थ देवघाटमा विराट ज्ञानमहायज्ञ

दमौली/हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल देवघाटमा अक्षय श्रद्धाराशी संकलनार्थ विराट ज्ञानमहायज्ञ हुने भएको छ ।

माघ २२ गतेबाट शुरु भै फागुन १ सम्म सञ्चालनमा रहने ज्ञान महायज्ञको उद्देश्यको बारेमा जानकारी दिन सोमबार दमौलीमा सम्बद्ध बर्ग, पत्रकार समेतको बीचमा अन्तरक्रिया भएको थियो । विराट ज्ञानमहायज्ञ आयोजनाको गर्नुको उद्देश्य माथि महायज्ञ मूल समारोह समितिका अध्यक्ष एवं प्रमुखवक्ता श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले प्रकाश पार्नु भएको थियो । उहाँले महायज्ञको प्रमुख उद्देश्य अक्षय श्रद्धाराशी संकलन गर्ने रहेको बताउनु भयो । साथै पवित्र तीर्थस्थल देवघाट धामको धार्मिक एवं साँस्कृतिक महिमा बोध आमनागरिकलाई गराइ वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण र संबद्र्धन गर्ने मूल उद्देश्य रहेको बताउनु भयो ।

Related posts

तमु ल्होसारको महत्व

admin

भवन निर्माणका लागि भैला

admin

MOTHER TONGUE

admin