30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

काँग्रेस सिध्याउने र बचाउने बीच तनहुँमा रस्साकस्सी

नेपाली काँग्रेस बचाउन जुर्मुराए नेता कार्यकर्ता

विशेषसम्वाददा/नेपाली काँग्रेसको इतिहासमा जन्मकालदेखि नै गुट देखिएकै हो । वी.पी. कोइराला गुट नेपाली काँग्रेसको संगठन बचाउन, राजनीतिक परिवर्तन गर्न सक्रिय रहेको पाइयो भने मातृका प्रसाद कोईराला गुट नेपाली काँग्रेसको संगठनलाई भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर सक्रिय हुँदा काँग्रेस समाप्त पर्ने गुटको नेतृत्व गरेको इतिहास साक्षी छ ।

त्यो बेलाको यो टीम छिन्नभिन्न हुँदा नेपाली काँग्रेस तनहुँ पनि छिन्नभिन्न हुने अवस्थामा पुगेकोप्रति कार्यकर्ता चिन्तित छन् । –फाईल फोटो सौजन्य सुरेशचन्द्र गिरी

नेपाली काँग्रेस तनहुँको इतिहासमा पनि ठीक त्यसैगरी दुई गुट देखिएको छ । गोविन्दराज जोशीको गुट र रामचन्द्र पौडेलको गुट । नेपाली काँग्रेस तनहुँको सगठनमा गोविन्दराज जोशी प्रतिबन्धित कालदेखि नै सात आठ जना साथीहरु मध्ये पालैपालो गोवद्र्धन पोख्रेल र २०१५ सालको संसदीय निर्वाचनमा निर्वाचित सांसद पदमबहादुर आलेलाई नेतृत्वमा राखेर सक्रिय रहेको बताइन्छ । पञ्चायती व्यवस्था र यसका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई दुःख हैरानी दिंदा कार्यकर्ताको माझमा रहेर दह्रो संरक्षक भएर गोविन्दराज जोशी नै अगाडि सर्दथे । पञ्चायतले साथीहरुलाई अनेक मुद्दा मामिलामा झमेला लगाइ दिंदा काँग्रेस कार्यकर्तालाई उनै गोविन्दराज जोशीले सहयोग र संरक्षण गर्दथे । तर रामचन्द्र पौडेल भने विरलै जिल्लामा उपस्थित हुने समस्याबाट भाग्ने गरेको नेपाली काँग्रेसलाई बुझेका पुराना कार्यकर्ता बताउँछन् ।

गोविन्दराज जोशीको गुटले तनहुँमा नेपाली काँग्रेसको नेतृत्व लिंदा पञ्चायत विरुद्ध लडेका साथीहरुलाई सहयोग र संरक्षण ग¥यो । बहूदल र निर्दलको जनमत संग्रहमा बहूदललाई अग्रस्थानमा स्थापित गरायो । २०४६ सालको राजनीतिक आन्दोलनमा सशक्त नेतृत्व दियो । राजनीतिक परिवर्तन पछिका हरेक निर्वाचनमा काँग्रेसलाई सम्मानजनक विजयी परिणाम दिलायो । २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली काँग्रेसको केन्द्रिय राजनीतिमा सक्रिय देखिएका गोविन्दराज जोशी केन्द्रिय सभापति गिरीजाप्रसाद कोईरालाका हरेक गाह्रोसाँग्रो अप्ठ्यारोको सारथी बने । गिरीजाप्रसाद कोईरालाका भविष्यवाणीहरुलाई साकार पार्न सफल भए ।

पौडेलको समूहको असहयोग र अवरोधका बावजुद नेपाली काँग्रेस तनहुँको नाउँमा घर घडेरी जोडे । आफ्नो निर्वाचन क्षेत्र नं. १ को संगठन विगारेर गोविन्दराज जोशीको निर्वाचन क्षेत्र नं. २ मा पौडेल सरेपछि गोविन्दराज जोशीले क्षेत्र नं. १ को विग्रेको संगठन सम्हाले । नेपाली काँग्रेस क्षेत्र नं. १ को नाउँमा समेत गोविन्दराज जोशीले घरघडेरीको जोडे । यस्ता अभियानमा रामचन्द्र पौडेल साँधै असहयोगी र बाधक बनेर प्रस्तुत भए । तर पनि जोशी समूह अगाडि बढी रह्यो ।

गोविन्दराज जोशी केन्द्रीय राजनीतिमा सक्रिय भएपछि नेपाली काँग्रेस केन्द्रिय समितिको नाममा समेत घरघडेरी जोड्ने अभियानको नेतृत्व लिए । सफल पनि भए । गोविन्दराज जोशी केन्द्रिय राजनीतिमा सफलता पूर्वक हावि हुँदै गएपछि तर्सेको रामचन्द्र पौडेल सहितको स्वार्थ समूह अत्तालियो । गिरिजाप्रसाद कोईरालालाई सिध्याउन असफल स्वार्थ समूह अनेक भ्रम सिर्जना गरेर गोविन्दराज जोशीलाई सिध्याउने अभियानमा लाग्यो । त्यसको नेतृत्व रामचन्द्र पौडेलले गरे । आफ्ना दुईजना कार्यकर्ता प्रयोग गरेर गोविन्दराज जोशीका विरुद्धमा मुद्धा लगाई दिए । स्वार्थ समूहले त्यही मौकालाई छोपेर सफलतापूर्वक अगाडि बढेको गिरीजाप्रसाद कोईराला समूहलाई कमजोर बनाउन उनका अन्य सारथी(खुमबहादुर र विजय गच्छदार)हरुलाई पनि मुद्दामा फसाएर नेपाली काँग्रेसलाई कमजोर बनाउने रणनीति अख्तियार ग¥यो । नेपाली काँग्रेसको केन्द्रिय नेतृत्व र तनहुँको नेतृत्वमा पौडेल समूहको नेतृत्वले देखाएको परिणाम हो– कमजोर र पराजीत काँग्रेस ।

नेपाली काँग्रेसले तनहूँमा जस्तै देशव्यापी पराजय भोग्न परेपछि नेपाली काँग्रेस बचाउन जोशी समूहले तनहुँबाट आफ्नो अभियान थालेको छ । २०७५ माघ ८ गते विशेष अधिवेशन बोलाएको छ । यो अभियान थाहा पाएपछि पौडेल समूहले शनिबार एक विज्ञप्ती प्रकाशित गरेर विधान तथा नियमावलीको बैशाखी टेकेर भ्रम सिर्जना गरेको छ । संगठन गर्न, कार्यकर्ता संरक्षण गर्न, टिकट बाँड्न, कारवाही र फुकुवा गर्न विधान कुल्चेर सातु बाँड्ने राजनीति गरेको पौडेल समूहमा ‘यो घरका सबै मरे, मैले अगेनोमा आगो ताप्न पाउने थिए’ भन्ने विराले सोँच हावी भएको छ ।

संकिर्ण र विराले प्रबृत्तिबाट नेपाली काँग्रेसको संगठन सुदृढिकरण हुँदैन । खल्तीबाट टिकट बाँड्ने र सवै निर्वाचनमा पार्टीलाई पराजय गराउने कसुरको नेतृत्व गर्ने, स्वतन्त्र उठेरै भएपनि काँग्रेस बचाउने अभियानको नेतृत्व गर्दा दम्भ देखाएर नियम कानून विपरित शासकीय संयन्त्र प्रयोग गरेर उम्मेदवारी बदर गराउने, अनि पराजयको अपजस अरुलाई थोपर्ने गैरजिम्मेवार प्रबृत्तिबाट काँग्रेसलाई बचाउन चाहने इमानदार काँग्रेसहरु जस्ता सुकै बाधा, विरोध धम्की आएपनि निर्भयका साथ २०७५ माघ ८ गते तनहुँको दमौलीमा आयोजित विशेष जिल्ला अधिवेशनमा सहभागि हुने भएका छन् । विधान विपरित खल्तिबाट नेता र जनप्रतिनिधिको टिकट बेच्ने नेपाल काँग्रेस तनहुँको नेतृ्त्व परिवर्तन गर्न स्वाभिमानी, निष्ठावान कार्यकर्ता कटिबद्ध देखिएका छन् ।

Related posts

आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

admin

गरिबी र असमानताले समाज बिकराल बन्दछ

admin

लोकतन्त्र र समृद्धिको अभियानमा रेडियोको योगदान अविष्मरणीय

admin