20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

मोटरसाइकलबाट खसेर युवतिको मृत्यु

दमौली/शुक्लागण्डकी महोत्सव हेरेर फर्कने क्रममा शनिबार मोटरसाइकलबाट खसेर एक युवतिको मृत्यु भएको छ । ग.११प. ५५०२ नम्बरको मोटरसाइकलबाट खस्दा टाउकोमा गहिरो चोट लागेकी ऋषिङ घर भएकी १८ वर्षीय प्रमिसा थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उपचारको लागि रत्नहरि मेमोरियर अस्पतालमा ल्याइएको भए पनि थप उपचारको लागि पोखराको मणिपाल अस्पताल प¥याइएको थियो । यसै गरी बहिनीको मृत्युको विषयमा जानकारी लिन आउने क्रममा आइतबार अचानक बेहोस भएका ऋषिङकै ४४ वर्षीय भक्तबहादुर थापाको समेत मृत्यु भएको छ । बेहोस भए लगात्तै उनलाई दमौली अस्पतालमा लगिएको भए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

Related posts

ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन

admin

गुञ्जी–लिपुलेक सडक (चर्किंदै नेपाल–भारत सीमा विवाद)

admin

बन्दाबन्दी खुल्यो संक्रमण बढ्यो-सम्पादकीय

admin