22.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

रेडक्रसद्धारा तीन दिने अभिमुखिकरण

दमौली÷ नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाद्वारा सञ्चालित तीन दिने अभिमुखीकरण तालिम बुधबार दमौलीमा सम्पन्न भएको छ । नेपालका भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको लागि सो तीन दिने सशक्तिकरण र समाबेशीकरण कार्यक्रम सञ्चालन गरिएको हो । अपाङ्गता भएका ब्यक्तिहरुको स्वाबलम्बी समुह संचालन निर्देशिका सम्बन्धि अभिमुखिकरण तालिम मंसिर २४, २५ र २६ गते सञ्चालन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वयमा संचालित तालिमको प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले शुभारम्भ गरेका थियो ।

गौंलीले नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाद्धारा संचालन गरिएको अपाङ्गता समाबेश्ँी कार्यक्रमको प्रशंसा गर्दै कोही पनि अपाङ्गता भएका ब्यक्ति अपाङ्गता भएकै कारण हिनताबोध नगर्न अनुरोध गरेका थिए । उनले भानु नगरपालिकाले पनि अपाङ्गता भएका ब्यक्तिको हक हितको लागी काम गर्ने र नयां बन्ने संरचनाहरु अपाङ्गता मैत्री बनाउन पहल गर्ने कुरा समेत ब्यक्त गरे । तालिममा कोटदरवार, रानिपोखरी, रिस्ती र सतिस्वांरा अपाङ्गता स्वाबलम्बन समुहका पदाधिकारीहरु तथा सदस्यहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो ।

ने.रे.सो.तनहुं जिल्ला शाखाका सभापति कृष्णहरी वाग्लेको सभापतित्वमा गरिएको कार्यक्रममा ने.रे.सो तनहुं जिल्ला शाखाका मन्त्रि चिनु पोखरेल, शाखाका कोषाध्यक्ष श्री हरीशरण पण्डित, ने.रे.सो तनहुं शाखाका उप कोषाध्यक्ष श्री सुकुमलाल गुरुङ्ग, कार्य समिति सदस्य रामदत्तपौडेल र शाखा बिकास अधिकृत शिबकाजि पियाले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । सो तालिममा कार्यक्रम अधिकृत करुणा निधि भट्टराइृले अपाङ्गता समाबेशी कार्यक्रमले हाल सम्म संचालन गरेको कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुका साथै तालिमको उद्धेश्य र महत्व माथि प्रकाश पार्नु भएको थियो । सो तालिम अपाङ्गता अधिकारकर्मी श्री महेश्वर घिमिरेले सहजिकरण गर्ने बताइएको
छ ।

Related posts

नेताको सम्वेदनशिलता

admin

२०८१ साल असोज १७ गते प्रकाशित तनहुँ आवाज

admin

दशैँ भत्ता फिर्ताको सन्देश

admin