24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

यसो गरौं,शिक्षणमा सुधार गर्न व्यानपाको अभियान

दमौली÷ व्यास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका विद्यालयको थप शैक्षिक सुधारका लागि अब यसो गरौ भन्ने अभियान प्रारम्भ गरेको छ । मंसिर ५ गते प्रअ बैठकको अवसर पारेर नगरपालिका भित्रका सबै विद्यालयका प्रअहरुलाई जम्मा पारेर नपाले आफ्नो अभियान प्रारम्भ गरेको हो ।

सकारात्मक सोचका साथ रचनात्मक काम गरौं, जति सकिन्छ त्यति गरौं, केही न केही अवश्य गरौं भन्ने नाराका साथ प्रारम्भ भएको अभियानमा विद्यार्थी लगबुुकको कार्यान्वयन देखि विद्यालयमा जुनियर रेडक्रस सर्कल, बाल क्लब तथा स्काउटको गठन सम्मका ३९ काम कार्यान्वयनका लागि आग्रह गरिएको छ ।

बालमैत्री ढंगले भय रहित शिक्षण गर्न, शिक्षक डायरीको उच्चतम प्रयोग गर्न, सिकाई बडापत्रको कार्यान्वयन गर्न अनि परीक्षाफल तथा नतिजा विश्लेषण गर्न आग्रह गरिएको अभियान पत्रमा विद्यार्थी निरन्तर मूल्याङकन पद्धतीमा जोड दिन आग्रह गरिएको छ । शिक्षण सुधार योजना, विद्यालय सुधार योजना तथा नतिजा सुधार योजना निर्माण गरी शैक्षिक सुधारका कार्यहरु गर्न आग्रह गरिएको अभियान पत्रमा विद्यार्थीका विविधतालाई बुझेर शिक्षण गर्न, विद्यार्थीलाई जयmभ चभबमष्लन उबिल निर्माण गरी पढ्न प्रेरित गर्न भनिएको छ ।

शिक्षणमा सुधारको अपेक्षा सहित नगरपालिकाले थालेको यो अभियानले कस्तो परिणाम दिन्छ, त्यो चाहीं कार्यान्वयन गर्ने तहमा रहेका पक्षहरुको सक्रियतामा भर पर्ने छ ।

Related posts

नेपाल रहे धर्म निरपेक्षता रहँदैन

admin

पहिले र अहिलेको तीज

admin

अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ र नेपाली बालबालिकाको अवस्था

admin