24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

सिद्धेश्वरीमा जीवन उपयोगि शिक्षा तालिम

कमलाबारी/रुम टु रिडको आर्थिक सहयोगमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको आयोजनामा शिद्धेश्वरी मावि कमलाबारीका एक दिने जीवन उपयोगि शिक्षा तालिम सम्पन्न भएको छ ।

विद्यालयमा गठित बाल क्लबका पदाधिकारीहरुका लागि शुक्रबार सञ्चालित तालिममा बालिका शिक्षा कार्यक्रमको उद्देश्य बारे जानकारी गराउनुको अतिरिक्त विद्यालयमा बाल क्लबको भूमिका सहित जीवन उपयोगि शिक्षाका बारेमा सहभागिलाई जानकारी गराईएको बालिका शिक्षा कार्यक्रमकी सहजकर्ता ममता कोइरालाले बताइन । बाल क्लबका २१ बालबालिका सहभागि तालिममा समूह निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरु, आफुमा निहित क्षमताको पहिचान कसरी गर्ने, आफ्ना विश्वास र मान्यताहरु के हुन, दैनिक जीवनमा आइपर्ने समस्या समाधानका उपायहरु, कुनै निर्णय गर्नु अघि विकल्पको सूचि बनाउने, अरुहरुबाट सो सम्बन्धमा सुझाव लिने, उक्त कामका फाइदा तथा बेफाइदाका बारेका ख्याल गर्ने तथा निर्णय लिने विषयमा समेत छलफल गरिएको बताइएको छ ।

किशोरावस्थामा बालिकाहरुका आउने शारिरीक तथा संवेगात्मक परिवर्तन, महिनावारी के हो ? र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । भविष्यको लक्ष्य निर्धारण र लक्ष्य प्राप्तीका लागि गर्नु पर्ने कार्यहरुको बारे योजना निर्माण सम्बन्धका समेत सहभागिलाई जानकारी गराइएको तालिमामा सहभागि कक्षा १० का सुवास विसी तालिमा आफुलाई उपयोगि लागेको बताउँछन् । साथीहरुबीच कसर मित्रता भाव कायम गर्न सकिन्छ भनेर जान्न पाउँदा विसीलाई खुसी लागेको छ । अर्की सहभागि कक्षा ९की छात्रा विन्दु विकलाई महिनावारी र यसको व्यवस्थापन बारे जान्न पाएर तालिम उपायोगि लागेको छ । अरुका कुरा सुन्ने र सिकेका कुराबाट सिक्ने बानीको विकास आफुले तालिम पछि गर्न लागेको उनको भनाई छ ।

रुम टु रिडले बालिका शिक्षा कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत सबै छात्रालाई विभिन्न सहयोगका अतिरिक्त जीवन उपयोगि शिक्षा प्रदान गर्दै आएको छ ।

Related posts

बहुविवाहको कानुन र कार्यान्वयन पक्ष

admin

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

admin

अचम

admin