24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

जनजाति महोत्सवको छैठौं दिन हजारौ दर्शकको सहभागीता

दमौली/चर्चित गायक बसन्त विकको दिलको दरबार उज्यालो भएको छ । तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको छैठौँमा दिनमा सांगितीक प्रस्तुति दिदै मैना बसेको, नौजाले लगायतका सांगितिक प्रस्तुति पस्केका थिए ।

त्यस्तै गायिका सहिमा श्रेष्ठले तिम्रो साथ पाए, हेरेको हेरै, ल्याङ्ग ल्याङ्ग, ढाटेयो मायाले, म भन्दा नि खुशी लगायतका गीत प्रस्तुति गरेकी थिइन् । महोत्सवमा गायक शंकरबिरही गुरुङ्गले सालैजो भाका पस्केका थिए । त्यसैगरी गायिका मनकुमार वाइबा, ज्योति लोहनी, हिमकुमार थापा, सन्तोष बस्याल लगायतले आफ्नो सांगितीक प्रस्तुति राखेका थिए ।

महोत्सवमा हजारौँ दर्शकको घुइचो लागेको थियो भने महोत्सवमा लाखौँ रुपैयाँको आर्थिक कारोबार भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराको आयोजित महोत्सवमा लोकदोहोरी गीत प्रतियोगितामा व्यापक घम्साघम्सी दोहोरी पर्ने गरेको उनले बताए ।

आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवमा जल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।

महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष रहेको छ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । बिहीबार गायक चोलेन्द्र पौडेल, देवी घर्ती, दुर्गा गुरुङ्ग, शिला थापा, सन्तोष आले मगर, गिनीज बुकमा नाम लेखाउन सफल जादुगर बलराम सरकार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।

Related posts

निव डस्ने सरकारी नियतको निरन्तरता रोकिनै पर्छ

admin

लकडाउनमा पनि मोटर बाटो निर्माण

admin

आमाबाट पनि नागरिकता दिनु पर्ने परमादेश

admin