Home कानुनसम्बन्ध विच्छेद – कानुन र न्याय

सम्बन्ध विच्छेद – कानुन र न्याय

by Tanahu Awaj
160 views

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
सम्बन्ध विच्छेदको सवालमा मुलुकी ऐनले भन्दा भिन्न व्यवस्था मुलुकी देवानी संहिताले ग¥यो । महिलाले मात्रै अदालतमा सम्बन्ध विच्छेद मुद्दा दायर गर्न पाउने व्यवस्थालाइ सर्वोच्च अदालतको सम्बन्ध विच्छेद पति, पत्नि दुबैको लागि Access to Justice हो । Access to Justice मा महिला र पुरुषलाइ Hardship हुनु हुँदैन । दुवैलाइ न्याय छिटो छरितो र सुलभ प्राप्त हुनुपर्ने व्याख्याका आधारमा बनेको संहिताको कानुनी व्यवस्थाले एक बर्षपछि सम्बन्ध विच्छेद गरिदिनु पर्ने व्यवस्था गरेको छ । तर न्यायिक विवेकले त्यो व्याख्यालाइ अक्षरशः स्विकार गर्न सकेको पाईदैन ।
कानुन बमोजिमको न्यायः
न्यायाधीशले सम्पादन गर्ने न्याय कानुन बमोजिमको हुन्छ । कानुनका अन्तरकुन्तर छिद्रले दखल नदिओस् भन्नेमा पनि न्यायधीशको नजर पुगेकै हुनुपर्दछ । त्यसैले फैसलामा विवेचना गर्न नसकेका न्यायाधीशहरुले गरेको फैसलामा पति पत्नि दुवैलाइ न्याय छिटो छरितो र सुलभ प्राप्त हुनुपर्ने व्याख्याका आधारमा बनेको मुलुकी देवानी संहिताको दफा ९८ को भावना अनुसार न्याय सम्पादन भएको छ भनेर अधिकाँश न्यायका उपभोक्तासंगसंगै कानुन व्यवसायी सहमत हुन सकेका छैनन् । दफा ९८ को प्रतिवन्धात्मक व्यवस्था र सर्वोच्चको Access to Justice व्याख्याले एक बर्षको समय भित्र मिल्न नसके पनि सम्बन्ध विच्छेदको दावी गर्नेको दावी नपुग्ने फैसला गर्ने न्यायीक विवेक प्रयोग गर्न दिएको पाईदैन ।
न्यायीक विवेकः
न्यायीक विवेक पुरुषले मागेको न्यायप्रति भन्दा महिलाले मागेको न्यायप्रति लचक प्रमाणित भएको छ । नावालक प्रायः महिलाको साथमा हुन्छ र नावालकको अधिकतम हित रक्षार्थ न्यायीक विवेक महिलाप्रति बढी सम्वेदनशिल देखिएको हुनसक्दछ । साथसाथै पतिले माग्ने सम्बन्ध विच्छेदमा पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएको आधारमा वा पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जालप्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । यस आधारमा न्यायीक विवेकले सम्बन्ध विच्छेद गरिदिंदा पतिले पत्निलाइ अंश दिन वा खर्च भराउन पति बाद्य हुने छैन भन्ने कानुनी व्यवस्था Access to Justice को बाधक बनेको अनुमान गर्नुपर्ने भएको छ । पत्निबाट पुरुष जति पीडित हुँदा पनि पुरुषको हकमा न्याय सुलभ हुन नसकेको अनुमान लगाउनु पर्ने भएको छ । पुरुषका कारण महिलाले सम्बन्ध विच्छेद माग्दा छिटो छरितो र सुलभ न्याय प्राप्त गर्न सक्ने कारण के होला भने पुरुष अंशबाट बञ्चित हुने व्यवस्था कानुनले गरेको छैन । यो पक्षमा न्यायीक विवेक पुग्नै पर्ने देखियो । साथै पुरुषलाइ भएको कष्ट भन्दा महिलालाई हुने कष्ट बढी सम्वेदनशिल पनि हुने गर्दछ ।
विवेचनायुक्त फैसलाः
हरेक फैसलाको न्यायीक विवेचनाले न्यायको निष्पक्षता, विश्वासनीयताको पुष्टि गर्न सक्दछ । शंका, संसय र द्विविधाको अन्त्य गर्दछ । न्याय नपाएको उपभोक्तामा विद्रोहको भावना जन्मन दिदैन । संयमित हुन र चित्त बुझाउन प्रेरित गर्दछ ।
निष्कर्षः
न्याय मर्नु हुँदैन । फैसलामा न्यायीक विवेचना हुनै पर्दछ । न्यायीक विवेकको प्रयोग न्यायीक मनबाट गरिनुपर्दछ । आक्रोस, उत्तेजना र दम्भबाट निर्देशित न्यायीक विवेक बहकिन सक्दछ । न्यायीक मनबाट निर्देशित न्यायीक विवेकले न्यायमा पु¥याउँछ ।

Related Articles

Leave a Comment