Tanahun Awaj
खेलकुद

सनवे इभेइन्ट्स ले आयोजन गरेको सनवे कप फुटसल प्रतियोगितामा २०१९ मा न्यू मिलेनियम कलेज प्रथम

सनवे इभेइन्ट्स ले आयोजन गरेको सनवे कप फुटसल प्रतियोगितामा २०१९ मा न्यू मिलेनियम कलेज प्रथम भएको छ भने निस्ट कलेज दोस्रो भएको छ। काठमाडौँको ढुकु फुटसल सेन्टरमा शुक्रवार र शनिवार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा न्यू मिलेनियम कलेज ले २ गोल र निस्ट कलेज ले १ गरेका थिए। उक्त फुटसल प्रतियोगितामा विभिन्न कलेज का २३ फुटसल टिमको सहभागिता रहेको थियो । 

रोमाञ्चक फाइनल खेलमा दुवै तर्फको आक्रामक रणनीतिपूर्ण खेल रहेको थियो । प्रतियोगिताको विजेता न्यू मिलेनियम कलेज ले नगद १ लाख साथै सिल्ड, मेडल , प्रमाणपत्र प्राप्त गरेको थियो। यस्तै उपविजेता निस्ट कलेजले ५० हजारका साथै सिल्ड, मेडल , प्रमाणपत्र प्राप्त गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने न्यू मिलेनियम कलेज बाट खेलेका अनिल खड्का ले वेस्ट प्लेयर उपाधि हात पारे भने हाई स्कोर उपाधि पनि न्यू मिलेनियम कलेज कै पेम्बा नोर्बु सेर्पा ( १० गोल ) थिए ।

 

 

Related posts

अन्तर्राष्ट्रिय मानविय संस्था भएको थाहा पाएपछि रेडक्रस अभियानमा जोडिन पुगें : उपशाखा सभापति आले

admin

अधर्मको नाश गरी धर्मको रक्षा गर्न भगवान श्रीकृष्णको जन्म भएको हो: श्रेष्ठ

admin

न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल

admin