तनहूँसुर/तनहुँसुरमा रहेको प्राचिन दरबारमा रहेको तोपको बारेमा लेखक देव वस्न्यातले एक लेख प्रकाशित गरेका थिए । सो तोप बनाउने कालीगढको बन्दे कामीको बारेमा लेखमा उल्लेख भएको छ । देव बस्न्यातको यो मेहनतको कदर गर्दै बन्देका ७ औं पुस्ता ८० बर्षीय सुकबहादुर आले विश्वकर्माले नमूना तोप प्रदान गर्नुभएको छ । सो तोप काठबाट निर्माण गरिएको छ ।
तनहुँसुर दरबारमा रहेको तोपको बारेमा लेखेर आफ्नो सातौं पुस्ताको बारेमा पहिचान गराउने लेखकप्रति सुकबहादुर आले विश्वकर्माले आभारि भएर नमूना तोप प्रदान गरेका हुन् ।
भारतीय पारामेल्ट्री फोर्सबाट पेन्सन प्राप्त सुकबहादुरमा कालीगढी क्षमता नभएतापनि आफ्ना पुस्ता बन्देको इतिहाँसबाट गौरवान्वित भएर नमूना तोप बनाउने जाँगर निकालेका थिए ।
‘‘तनहुँसुरलाई तोपले नै जिवन्त बनाएको छ । तर त्यो तोप बनाउने व्यक्तिको ईतिहाँस खोज्दै जाँदा बन्दे कामीसम्म पुग्न सकें’’, लेखक वस्न्यातले भन्नुभयो ।
लेखकलाई तोप उपहार
previous post