23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङमा विज्ञान मेला

दानबहादुर श्रेष्ठ
११ औं राष्ट्रिय बिज्ञान दिवसको अवसरमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले बिज्ञान मेला–२०८० आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बिज्ञान मेला–२०८० ले ऋषिङ्गले प्रविधिक विकासमा मार्गदर्शन गर्दै आम बिद्यार्थिका प्रतिभा प्रफुटनमा सहयोग पुग्ने बताए । अध्यक्ष श्रेष्ठले गाउँपालिकाको अगुवाई तथा आफ्नै बजेटबाट भौतिक र सामाजिक बिकास सँगै प्रबिधिको क्षेत्रमा संसारले मारेको फड्कोलाई आत्मसात गर्दै ऋषिङ्गलाई बिज्ञान तथा प्रबिधिको क्षेत्रको उन्नयनमा पनि एक अभियान थाल्ने बताए । उनले ऋषिङ्गका आकांक्षाहरुलाई यो कार्यक्रम एक अवसरको रुपमा रहने र यसका अवसरलाई गाउँपालिकाले सर्बाङ्गिण बिकासका लागि आधार बनाएर समग्र ऋषिङ्ग बिकासका निमित्त कार्यक्रमहरु लागू गर्ने बताए ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले यो मेलाले क्याम्पसका बिद्यार्थिहरुका लागि प्रबिधि विकासको आधारभुत सिकाईका लागि कार्यमन्च निर्माण गर्ने र ऋषिङ्गमा प्रबिधिको बिकाससँगै यसको प्रचारप्रसारमा क्याम्पस सहयोगी बन्ने धारणा ब्यक्त गरे ।
मेलामा बिज्ञान सामाग्री प्रदर्शनी तर्फ शिव सरस्वती मा.बि. , बक्तृत्वकला तर्फ सरस्वती आधारभुत र चित्रकला तर्फ दिपक मा.बि. ले सर्बोकृष्टता प्राप्त गरे ।
आदिकवि क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, क्याम्पस संचालक समिती सदस्य मोहन गिरि,ऋषिङ गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत चीन बहादुर रानाभाट, शिव सरस्वती माविका विव्यस अध्यक्ष दान बहादुर श्रेष्ठ लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए । शान्ती माविका प्रधानाध्यापक ऋषिराम रानाभाटले कार्यक्रम संचालन गरेका थिए ।

Related posts

ओम्नी प्रकरणः दोषी नछुटुन्

admin

ए यस्तो पो……..

admin

हरियो साउन र जीवनको हरियाली

admin