दमौली/नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाद्धारा संचालित“ नेपालका भुकम्प प्रभावित समुदायमा अपाङ्गता भएका ब्यक्तिहरुको लागी सशक्तिकरण तथा समाबेशकिरण कार्यक्रम” अन्र्तगत ऋषिङ्ग गाउंपालिकको वडा नं. ८ रानिपोखरीमा ३ दिने डकर्मि प्रशिक्षण बिहीबार सम्पन्न भएको छ ।
समावेशिकरण कार्यक्रम संचालित समुदायमा रहेका सार्वजनिक स्थानहरु र अपाङ्गता भएका ब्यक्तिका घरहरु अपाङ्गतामैत्री बनाउनको लागी दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले रिस्ती, सतिस्वांरा, कोटदरवार र रानिपोखरी समुदायका ब्यक्तिहरुको लागी प्रशिक्षणको आयोजना गरिएको नेरेसो तनहुँले जनाएको छ ।
प्रशिक्षणको क्रममा शाखा सभापति कृष्णहरि वाग्लेले समुदायको क्षमता अभिबृद्धिको लागी सो तालिम आयोजना गरिएको र आगामि दिनमा कार्यक्रम संचालित क्षेत्रका २५ वटा स्थानमा अपाङ्गता मैत्री संरचना बनाउने बताए ।
संरचनाहरु बनाउन डकर्मि प्रशिक्षण प्राप्त ब्यक्तिहरुको महत्वपुर्ण भुमिका हुने सभापति वाग्लेले बताए । प्रशिक्षणको समापनमा जिल्ला शाखा सदस्य महेन्द्र कुमार श्रेष्ठले सहभागिलाई प्रमाणपत्र बितरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका अधिकृत मधुकर श्रेष्ठ र प्राबिधिक देबिचन्द्र उपाध्यायले सञ्चालन गरेको प्रशिक्षणमा कार्यक्रम संचालित क्षेत्रका महिला २ जना र अपाङ्गता भएका ब्यक्तिहरु ६ जना सहित २० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षणको क्रममा ऋषिङ्ग गाउपालिकको कृषि सेवा केन्द्र, पशु सेवा कार्यालय र स्वास्थ्यचौकी अपाङ्गता मैत्री बनाइएको अपाङ्गता समाबेशी कार्यक्रमका फोकल पर्सन करुणा निधि भट्टराईले जानकारी दिए ।