33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

अचम

असल संस्कार– समृद्धि

अधिकारी, चन्द्रमणि

संयोगवश पशुपति गुरुङ्गसँग भेट भयो । २०२१ साल चैत्र दुई गते घान्द्रुक कास्कीमा जन्मनु भएकी पशुपति गुरुङ्ग माता चिसकुमारी गुरुङ्ग र पिता दुर्गा बहादुर गुरुङ्गकी सुपुत्री हुनुहुन्छ । उहाँ सासु श्रीकुमारी गुरुङ्ग र ससुरा नरजङ गुरुङ्गलाई सम्मानपूर्वक सम्झनु हुन्छ । श्रीमान बुद्धि प्रसाद गुरुङ्ग र छोरीहरु कृष्टिना र सोयनाका साथमा काठमाण्डौ सामाखुसीमा बस्नुहुन्छ । दिदी भक्ति गुरुङ्ग र भाई रेशम गुरुङ्ग, नारायण गुरुङ्ग उहाँका आफ्ना आमाबाबुका सन्तान हुन् ।

माइक्रोबसमा काठमाण्डौंबाट म्याग्दे गाउँपालिका घर फर्कदा फिल्म प्रड्युसर राजेन्द्र सुवेदीसँग परिचय भयो । उहाँको निमन्त्रणमा तराईमा प्रचलित दाइजो प्रथामा कटु व्यंग्य प्रहार गर्न सफल कृष्ण धरावासीको ‘भोर’ फिल्म नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सवमा समावेश भएको २९ देशका ६० वटा भन्दा बढी फिल्म मध्येको एउटा फिल्म हो । आयोजकहरुको आग्रहमा आउनु भएकी पशुपति गुरुङ्ग संस्कार समान नेपालकी संस्थापक अध्यक्ष हुनुहुन्छ ।

सुन्दर आकर्षक व्यक्तित्वकी धनी पशुपति गुरुङ्ग १० वर्ष जापानमा र १२ वर्ष कोरियामा प्रवासी जीवन बिताए पनि प्राकृतिक सौन्दर्य र सम्पदाले परिपूर्ण नेपालको अविकसित पछौटेपनबाट मर्माहित भएर नेपालको विकास निर्माणमा अहोरात्र चिन्तन गर्नु हुने सच्चा समाजसेवी हुनुहुन्छ ।

असल संस्कार समृद्धिको आधार सम्भवत उहाँको पहिलो प्रबन्ध रचना हो । मेरो जन्म गाउँ घान्द्रुक, विदेशमा मैले देखेको संस्कार, मेरो बाह्र वर्षे दोस्रो प्रवासी जीवन कोरिया, संस्कार, समाज नेपालको स्थापना, संस्कार समाजको औचित्य, मेरो हजुरबाको सालिक उर्जाको स्रोत, असल संस्कार समृद्धिको आधार, संस्कार, संस्कार र संस्कृतिले परिर्वतन होइन परिमार्जन माग्छ, हाम्रो संस्कार, समाजमा जरो गाडेका केही कुसंस्कारहरु, हाम्रो राजनीतिक संस्कार, हाम्रो वातावरणीय संस्कार, विकास संस्कार प्रविधि कि विकृति, देश पर्यटन प्रदान बनाऔं, स्कुृल स्कुलमा असल संस्कार अभियान, परदेशबाट विरुवा लिएर फर्कौ र केही तस्विरहरु प्रस्तुत पुस्तकमा दिइएका छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को मुल मर्मलाई अत्यन्त सरल र सरस रुपमा पोख्न यो कृति सफल देखिन्छ । राष्ट्रोत्थानमा खट्न आव्हान गर्ने संस्कार समाज नेपालले केही सन्देश पनि अघि सारेको छ ।
-असल संस्कार सिकौं, सिकाऔं, आफ्नो देश आफै बनाऔं ।
-स्वच्छ वातावरण, स्वच्छ खाना र शुद्व पिउने पानी आजको आवश्यकता ।
-फोहोर मैलाको व्यवस्थापन गरौं, वातावरण सफा राखौं ।
-कुनै प्रकारको भेदभाव नगरौँ, हामी एक भई अघि बढौं ।
-अपाङ्ग, अनाथ, असहायलाई माया गरौं, आपसी सहयोगको भावना राखौं ।
-नियम कानुनको पालना गरौं । कर तिर्नुपर्छ भन्ने भावना जागृत गरौं ।
-प्राकृतिक, सांस्कृतिक सम्पदाको संरक्षण गरौं, पर्यटकहरुलाई उचित सम्मान गरौं ।
-कुलतमा नलागौं, असल नागरिक भई जीवन जिऔं ।
-अरुले के ग¥यौ नभनौं, मैले देशको लागि के गर्न सक्छु भन्ने सोच राखौं ।
-श्रम गर्नुपर्छ भन्ने धारणा जागृत गरौं, श्रमको उचित कदर गरौं ।
-मेनपावर धाउने सोच होइन, तराई पहाडमा सुन फलाउने सोच राखौं ।
-वैदेशिक रोजगार होइन, एकजुट भई स्वरोजगार सिर्जना गरौं ।
-कसैले नियम विपरित काम गरेको भने विनम्र भई भनौं ।
-हाम्रो सुधारिएको असल संस्कार नै देश विकासको मुख्य आधार बन्नेछ ।
-परिवर्तन आफैबाट शुरुवात गरी देशको पहरेदार बनौं ।
-ट्राफिक नियमको पालना गरौं, अमूल्य जीवन सुरक्षित गरौं ।
सस्कारबाट समाज नेपालसित सहकार्य गरी देशको सर्वाङ्गीण विकासमा आफ्नो भुमिका निर्माण गरौं ।

Related posts

विना एकताको काँग्रेस

admin

श्रीपेचवाला राजा ल्याउन खोजेको मंगोल अर्गनाईजेशनको आरोप

admin

दमौली एकाईको शव बाहन सेवा

admin