Tanahun Awaj
समाचार

नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन

नेकपा एमाले तनहुँ

दमौली/नेकपा एमाले जिल्ला कमिटि तनहुँको हालै सम्पन्न नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नवौं अधिवेशनले नेकपा एमालेभित्र सिग्देल समूहको बर्चस्वलाई स्थापित गरेको छ ।
एमालेको नेतृत्वमा कोषाध्यक्ष पद हुदैन । नवौं अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा श्रीप्रसाद श्रेष्ठलाई चयन
गरेको छ भने उपाध्यक्ष र सचिव सहित सदस्य पदमा निर्वाचन भएको थियो । उपाध्यक्षमा हरि
राज कँडेल र सचिवमा राजेश्वर ढकाल राम्रो मतले विजय भएपछि मेखबहादुर थापा र विष्णुभक्त सिग्देल उपविजेता बन्न पुगेका थिए । सदस्यमा भने थापा र सिग्देल दुवै विजेता बनेका छन् । नवौं अधिवेशनले एमालेभित्र अर्को समूहगत ध्रुवीकरणलाई भने संकेत गरेको देखिन्छ ।

Related posts

पूर्व विद्यार्थी मञ्चद्धारा स्टेशनरी तथा पोशाक सहयोग

admin

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin

सम्पर्क कार्यालय उद्घाटन

admin