24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

दशैं केन्द्रित बजार अनुगमन

दमौली/पालिकाहरुले दशैंको मुखमा खाद्य पदार्थमा मिसावट हुन सक्ने, अखाद्य विक्रीले दशैको समयमा मानिसहरुमा महामारी बढ्न सक्ने तर्फ सजगता अपनाउँदै बजार अनुगमनलाई विशेष चासो देखाएका छन् । आँबु खैरेनी, भानु नगरपालिका लगाएत सबै पालिकाहरु आफ्नो क्षेत्रको बजार, पसलहरुमा अनुगमन बढाएको समाचारहरु आई रहेका छन् । विशेष गरी दशैंका समयमा किनमेल, बढी हुने हुँदा यो समयमा धेरै नक्कली नोटका कारोवारीहरुले समेत अवसर छोप्न सक्ने देखिएको छ । दमौली क्षेत्रमै रिचार्ज काण्ड किन्न एक हजारको नोट निकालेपछि शंका लागि सोधखोज चेक जाँच गर्दा सो नोट नक्कली पाइएपछि नोट लिई आउने व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको छ । यो समूहका साथमा बरामत भएका नोटहरु सहित अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेल गरी सार्वजनिक समेत गरेको थियो । 

Related posts

व्यासको तीन वर्षे उपलब्धि

admin

पतञ्जली योग व्यास प्रभारीमा मल्ल

admin

छैटौ आदिवासी जनजाति महोत्सव

Deepak Joshi